पोखरा । पोखरा आदर्श माध्यमिक विद्यालयको रजत जयन्ती अवसरमा जिल्लास्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भानु सभाहलमा भएको प्रतियोगिताको नेपाल संगीतक तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उद्घाटन गरे । उनले बालबालिकाहरुको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गरे । नेपाली कविता, गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बद्र्धनमा लाग्नुपर्ने बताए ।
कुसे औंसी सन्दर्भमा बाबुको गरिमा अनि महत्वसँग सम्बन्धित रहेर विद्यार्थीले कविता वाचन गरेका थिए । ३५ विद्यार्थीले भाग लिएको प्रतियोगितामा भास्कर स्कुल रोजी रानाभाट प्रथम भइन् ।
फिस्टेल माविकी सन्तोषी ढकाल द्वितीय, पोखरा आदर्श माविकी संस्कृति सुवेदी तृतीय र गुप्तेश्वर महादेव वेद विद्याश्रमका यादव पौडेल र राष्ट्रिय मा।विका विश्व अधिकारीले सान्त्वना स्थान हासिल गरेका थिए । उनीहरुलाई क्रमश: ८ हजार, ६ हजार, ४ हजार र १ हजार साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
निर्णायकमण्डलतर्फ संयोजक प्राडा जगन्नाथ रेग्मी थिए भने सदस्यमा अनुराग अधिकारी र जूना थापा थिए । कार्यक्रममा कक्षा ८, ९, र १० का विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । प्रअ फणिन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राखे ।
रजत जयन्तीकै अवसरमा यसअघि भएको कक्षा ११ र १२ विज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीबीचको फुटसलका विजेता पुरस्कार प्रदान गरिएको खेलकुद संयोजक राजकुमार सिंहले बताए । सो अवसरमा कलाकार प्रकाश घिमिरेले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं सहप्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।
माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपानेले बालबालिकाको लागि धेरै काम हुनुपर्ने बताए । विद्यालयले रजत जयन्तीकै अवसरमा यो वर्षभर नै सामाजिक, सांस्कृतिक एवं प्रतियोगितात्मक कार्यक्रम गरिरहेको सहप्राचार्य ज्ञानेश्वर सुवेदीले बताए ।
Related News
सम्बन्धित समाचार
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
निवृत्त शिक्षक समुदायको हाजिरीजवाफ
दियालोका विद्यार्थीलाई सहयोग
लिटल फ्लावरमा तीज गीत प्रतियोगिता
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०