लामेआहालमा ज्ञान महायज्ञ हुने

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
Mahayegye news press meet

लेखनाथ । पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर परिसरमा भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञमा बिहान ६ बजेदेखि १० बजेसम्म पाठ पारायण, बिहान ११ बजेदेखि ५ बजेसम्म दैनिक भजनकीर्तनसहित कथावाचन हुने छ ।

वैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा महायज्ञ हुन लागेको हो । श्री ईश्वरकृष्ण महाराजले कथावाचन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले महायज्ञ आयोजना गर्नुुको मुख्य उद्देश्य आध्यात्मिक भावनाको जागरण ल्याउनु भएको बताउँदै भक्तजनलाई दान गर्न प्रेरित नगरिने बताएका छन् । तर स्वस्फूर्त रुपमा कसैले दान गर्न चाहेमा मन्दिरको नाउँमा उक्त दान रकम जम्मा हुने उनले बताए ।

प्रतिष्ठानका पीठाधीश मुकुन्दशरण उपाध्यायले पछिल्लो समयमा हिन्दु धर्मको अन्तर्यको विषयमा ज्ञाताहरूको समेत कमी देखिन लागेकाले यस विषयमा ज्ञान छर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । प्रतियोगितामा विभिन्न गुरुकुलहरुबाट १९ जनाभन्दा बढी सहभागिता रहनेछ ।

महायज्ञ सम्पन्न गर्नको लागि करिब १३ लाख खर्चको अनुमान गरिएकोमा प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीले सहयोग गर्ने बताइएको छ । संस्कृत मावि तह गण्डकी प्रदेश स्तरीय भागवतवाचन प्रतियोगितासमेत हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width