लिटिल स्टेपले मनायो बाल दिवस

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
lettel

पोखरा । लिटिल स्टेप मावि सिमलचौरले विविध रचनात्मक एवं अतिरिक्त क्रियाकलाप गरी राष्ट्रिय बाल दिवस मनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्र – छात्राको अन्तर सदनात्मक बास्केटबल प्रतियोगिता भएको छ । जसमा छात्रतर्फ पहेँलो सदन प्रथम, रातो सदन द्वितीय भए भने छात्रातर्फ निलो सदन प्रथम, हरियो सदन द्वितीय भए ।

प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि अतिरिक्त प्रतिभा प्रदर्शनको आयोजना गरिएको थियो । विद्यार्थीले नृत्य, जातीय पोसाक, भाषणकला, गायन, चुट्किला, जुडो कराटे, विट् बक्स आदि प्रस्तुत गरे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width