ढिकुरपोखरीमा ४२ औं तीजमेला सुरु

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
dhikurpokhari tej progrem photo

पोखरा । ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा शुक्रवारदेखि हरितालिका तीजमेला सुरु भएको छ । यो तीजमेला ४२ औं सस्करणको हो ।

जसअन्र्तगत मेलाको मुख्य आकर्षणका रुपमा रहेको आमन्त्रित नकआउट फुटबल प्रतियोगिता प्रारम्भ भएको छ भने खुला तीजगीत, रस्साकस्सी तथा ठेलो हान्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले धर्म संस्कृतिको रक्षा गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै संस्कार विनाको संस्कृतिको अर्थ नहुने औँल्याए । उनले तीज मेला आयोजना गरेर सञ्जालले महत्वपूर्ण गतिविधि गर्दै आइरहेको भनाइ राख्दै मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले तीजलाई भड्किलो बनाउन नहुने तर्क गर्दै सरल शैलीमा चाडपर्व मनाउनुपर्ने जनाइन् । उनले ढिकुरपोखरी तीजमेलाको लामो इतिहास रहेको स्पष्ट पार्दै तीजले दिदीबहिनीबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने जनाइन् ।

त्यस अवसरमा अन्नपूर्ण ३ का वडाध्यक्ष फणीन्द्रप्रसाद पौडेल, माछापुच्छे« माविका प्रधानाध्यापक घनश्याम पौडेललगायतले पनि धारणा राखे ।

मेलाअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा रत्नसेवा समाजलाई ३–२ गोलअन्तरले पछि पार्दै मालेपाटन युवा क्लब विजयी भएको छ । त्यस्तै गनी फुटबल क्लब र त्रिशक्ति माछापुच्छे«बीचको दोस्रो खेलमा ४–० गोलले गनी अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

उक्त प्रतियोगितामा आयोजकका दुईसहित १२ समूहको सहभागिता छ । त्यस्तै महिला फुटबलतर्फ आयोजक समूहसहित ३ टोली प्रतिस्पर्धामा उत्रन लागेको सञ्जालका अध्यक्ष सुशील भट्टचनले जानकारी दिए ।

मेला सम्पन्न गर्न विभिन्न संघ संस्था एवं व्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम पनि जारी छ । मेलामा अन्नपूर्ण ३ निवासी दिनेश पौडेल, अन्नपूर्ण गाउँपालिका कार्यालय, केआइसी पोखरा, गोपी गुरुङ, गोर्खा बु्रअरीलगायतको महŒवपूर्ण सहयोग रहेको छ । शुक्रबारदेखि सुरु मेला यही असोज २ गतेसम्म चल्नेछ ।

फुटबलतर्फको विजेता समूहले ३ लाख ३ सय, उपविजेता समूहले १ लाख ७० हजार १ सय साथमा सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

महिला फुटबलतर्फ प्रथम हुनेले ३३ हजार ३ सय ३३ तथा द्वितीय समूहले १७ हजार ७ सय ७७ साथमा सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

तीजगीततर्फ पहिलो हुनेले २० हजार, द्वितीय समूहले १५ हजार, तृतीय समूहले १० हजार साथै सान्त्वना समूहलाई ५ हजार पुरस्कार दिइनेछ । त्यस्तै उत्कृष्ट नृत्य र भेषभुषाले समान १ हजार ५ सय प्राप्त गर्नेछन् । तीजगीत अन्नपूर्ण महिला सञ्जालको सहजीकरणमा हुँदै छ ।

मेलालाई अन्नपूर्ण गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गरेको छ । त्यस्तै कास्की जिल्ला फुटबल संघको पनि सहयोग रहेको छ ।

मेला संयोजक वीरेन्द्र गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सञ्जाल सल्लाहकार युवराज गुरुङले स्वागत तथा मेला आयोजक समितिका सचिव दिल जिसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width