पोखरा । नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोली काठमाडौं प्रस्थान गरेको छ ।
करिब २ महिनाको बन्द प्रशिक्षणमा रहेको टोली चीनको हाङझाउका लागि बिहीबार काठमाडौं प्रस्थान गरेको हो ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, कास्की ह्याण्डबलकी उपाध्यक्ष पुष्पा श्रेष्ठ, पोखरा महानगर ह्याण्डबलका अध्यक्ष विशाल बस्नेतले शुभकामनासहित बिदाइ गरेका थिए ।
सो अवसरमा गुरुङले नेपाली ह्यान्डबलले ठुलो अवसर प्राप्त गरेको बताउँदै आफ्नो क्षमता प्रदर्शन गर्न खेलाडीहरुलाई शुभकामना दिए । ‘यो नेपाली ह्याण्डबलको इतिहासमा महत्वपूर्ण समय हो । एसियाली खेलकुदको महाकुम्भमा यहाँहरु जाँदै हुनुहुन्छ । उत्कृष्ट खेल प्रदर्शन गर्दै सफलता हासिल गर्नेमा मैले विश्वास लिएको छु,’ उनले भने ।
१९ औं एसियाली खेलकुदमा महिलातर्फ नेपालसहित ९ देशको भाग लिएका छन् । समूह बिमा रहेको नेपालले आयोजक चीनसहित, जापान, हङकङ र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षणमा रहेको टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगीता चौधरी, बिमला भुजेल, सञ्जु राई, रामकुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई हुन् । टिम प्रशिक्षक विन्दा थापा र दीपकसिंह बोहरा छन् ।
होङझावमा २०२३ सेप्टेम्बर २२ देखि अक्टोबर ८ सम्म १९ औं एसियाली खेलकुदमा नेपालले पहिलो खेल आयोजक चीनसँग खेल्नेछ ।
Related News
सम्बन्धित समाचार
लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा
न्यु डायमण्ड २ खेलमा विजयी
साविक विजेता श्यामलाई गल्फ उपाधि
सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०