पोखरा । पोखरामा एकताका थुप्रै ब्यान्ड चलायमान थिए । जसका कालजयी गीत अझ पनि गुञ्जिरहन्छन् । तर समयक्रमसँगै ब्यान्डका सदस्यहरु लाखापाला लाग्दा पोखरेली ब्याड सुस्ताउँदै गयो । अझ कोरोनाले झनै पछाडि धकेल्यो ।
यसैक्रममा व्यान्डहरुलाई पुनजागृत गराउने उद्देश्यले इन्टरकलेज व्यान्ड कम्पिटिसन तयारी गरिएको छ । पोखरा सांगीतिक कलाकार संघको आगामी असोज १२ र १३ मा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उक्त प्रतियोगिता गर्न लागेको हो । जसका लागि असोज ३ सम्म फर्म भर्न सकिने समयसीमा रहेको हर्कराज गुरुङ (भाइ) ले बताए ।
प्रतियोगितामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने अध्यक्ष गुरुङले बताए । प्रतिस्पर्धामा कक्षा ८ देखि स्नातकोत्तरसम्म पढ्ने विद्यार्थीको व्यान्डले भाग लिन सक्नेछ ।
फाराम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्यान्डले ‘कभरसङ’ गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । छनोट व्यान्डले पुन: फिजिकल अडिसन दिनेछन् ।
सेमिफाइनल राउन्डबाट फाइनलिस्ट चयन र विजेता घोषणा गरिने भएको छ । विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रोले २५ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने क्लब सचिव भाष्करध्वज श्रेष्ठले बताए । उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई जनही ५ हजारसहित प्रमाणपत्र दिइनेछ । प्रतियोगिताल विद्यार्थीमा लुकेर रहेको प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्ने वातावरण बनाउने श्रेष्ठको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा
न्यु डायमण्ड २ खेलमा विजयी
साविक विजेता श्यामलाई गल्फ उपाधि
सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०