पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई

एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुनुपर्नेमा जोड

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८०
lcci- pcci (1)

पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वािणज्य संघको नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठसहित पदाधिकारी र कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

निजी क्षेत्रका समान एजेण्डा बोक्ने तथा एउटै महानगरभित्र रहेका दुई उद्योग वाणिज्य संघबीच भाइचारा र सहकार्य बृद्धिको लागि सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

नव निर्वाचित अध्यक्षसहितको टिमलाई बधाई र सम्मान व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले लेखनाथ उद्योग वाणिज्य संघले अहिले अस्तित्वमा नभएको लेखनाथ नगरपालिकाको विरासत थामेको धारणा राखे ।

उनले उद्योगी/व्यवसायीहरुले आफ्नो व्यवसायमा मात्र ध्यान नदिएर सामाजिक उत्तरदायित्वसमेत बहन गर्नुपर्ने बताउँदै अगाडि भने,‘ पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा यो दायित्व निभाएको स्मरण गर्न चाहन्छु ।’ उनले पोखरा उद्योग वाणिज्य संघको २०४२ सालको कार्यसमिति बैठकले नै पोखरा विश्वविद्यालय स्थापनाको लागि पहल गर्ने निर्णय गरेको र त्यसको अगुवाइ गरेको स्मरण पनि गरे । ‘संयोग कस्तो भयो भने २०५४ साल असार २४ गते लेखनाथ उद्योग वाणिज्य संघ र २०५४ सालकै साउन ९ गते पोखरा विश्वविद्यालयको स्थापना भयो,’ उनले भने, ‘हामीले बृहत्तर र समृद्ध पोखरा निर्माणको लागि नै विश्वविद्यालयको माग गरेका थियौं । र, भविष्यलाई हेरेर विश्वविद्यालय फराकिलो र सम्भावना नै सम्भावना भएको लेखनाथ क्षेत्रमै स्थापना हुनुपर्छ भन्ने कुरा हामीले गरेका थियौं ।’

उनले लेखनाथमै रहेको पुँडीटारमा औद्योगिक क्षेत्र स्थापना हुनु्पर्ने तथा लेखनाथ क्षेत्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र एवं पोखरा महानगरका प्रशासनिक कार्यालयहरु स्थापना गरिनुपर्ने पनि बताए ।

पोखरामै रहेर पनि लेखनाथ क्षेत्रको विशिष्ठ महत्व छ । पोखरा महानगरले लेखनाथ क्षेत्रको विकासको लागि विशेष प्याकेज कार्यक्रम घोषणा गर्नुपर्छ । महानगरको प्रशासनिक भवन नै लेखनाथ क्षेत्रमा स्थापना गरिनुपर्छ,’ उनले भने, ‘बेगनाससहितका रुपा, दिपाङ, खास्टे न्यूरेनी, गुँदे तालसहित यहाँका कोट, रोयल टे«कको प्रवद्र्धन गर्दै पर्यटकीय गतिविधिहरु पनि लेखनाथ क्षेत्रमा बिस्तार हुनुपर्छ ।’

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुनुपर्ने, लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याइनुपर्ने तथा तालहरुको संरुक्षण गरिनुपर्ने धारणा राखे ।

‘नेपालको निजी क्षेत्र तीनवटै तहका सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ,’ उनले भने, ‘पोखरा महानगरसँगको सहकार्यमा लेखनाथ क्षेत्रको विकासमा हामी अगाडि बढ्ने छौं ।’ उनले चुनावी वाचा पूरा गर्ने र सम्पूर्ण समय उद्योगी/व्यवसायीहरुको हितमा खर्चने प्रतिवद्धता पनि जनाए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीेले अर्थतन्त्र सिथिल भएको बेला उद्योग वाणिज्य संघहरुको भूमिका झन बढेको तर सरकारी निकायहरुको उदासिनताले आफूहरुलाई अचम्मित तुल्याएको बताए । संघका महासचिव बलराम आचार्यले पोखरा र लेखनाथ उद्योग वाणिज्य संघबीचको सहकार्यले व्यवसायीहरुका समस्या निराकरण गरिने बताए ।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width