८१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०८०
HPV

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो दिन ८१ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिइएको छ ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा पनि सुरुवात गरिएको हो । १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले जानकारी दिए । विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको उनले बताए । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका ७ अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ ३० गतेसम्म खोप कार्यक्रम जारी रहने उनले सुनाए । ‘हामीसँग भ्याक्सिन कम छ । आज ८१ जनालाई लगाइयो । अब भोलि र पर्सी जारी रहन्छ । भोलि नै सकियो भने भोलिबाटै बन्द हुन्छ,’ उनले भने, ‘हामीले टोकन बाडेर फस्र्ट कम फस्र्ट सर्भिस दियौं । आज अलि भीड थिएन् । भोलि बिदाको दिन हो संस्या बढ्न सक्छ ।’

Related News

सम्बन्धित समाचार

  • लोकगायिका पवित्रालाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    लमजुङ । लोक तथा दोहोरी गायिका पवित्रा थापा रानालाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको…
  • ‘नेपाल हेर्न जाऊँ’ लोकार्पण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । संगीतकार बिपी वाग्लेद्वारा संगीतवद्ध पर्यटन प्रवद्र्धनसम्बन्धी ‘नेपाल हेर्न जाऊँ’ बोलको बालगीत तथा भिडियो लोकार्पण भएको छ । नेपाली…
  • काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    काठमाडौं । १५ औं काठमाडौं म्याराथनका लागि इनड्राइभसले सहकार्य गरेको छ । २७ असोजमा दशरथ रंगशालामा सुरु हुने म्याराथनमा सहभागीले…
  • हेमजा गोल्डकप विजेतालाई ६ लाख

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । हेमजामा आगामी कात्तिक ११ देखि १८ गतेसम्म हुन लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप विजेता समूहले ६ लाख ५५…
  • सिद्ध फलेपाटन सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा १५, ढुुंगसाँधुस्थित फलेपाटन चोकमा रहेको सिद्ध फलेपाटन बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा भयो । राष्ट्रिय…

hero news full width