पोखरा । बुल्समेन क्लबको आयोजनामा चौंथो संस्करणको मिस्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता असोज ५ र ६ मा ललितपुरमा हुने भएको छ । यसअघि ३ संस्करण पोखरामै भएकोमा चौथो संस्करण भने ललितपुरको सानेपामा आयोजना गर्ने निर्णय गरेको हो ।
मोफसलबाट आयोजना गरिएको शारीरिक सुगठन प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हो । क्लबले २०७१ देखि २ वर्षको अन्तरमा मिस्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको छ ।
‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तलाई खेलकुलप्रति प्रेरित गरेको छ । स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकतार व्यस्त मानसिकताको लागि स्वस्थ शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको छ ।
क्लबले असोज ४ मा सहभागी खेलाडीको तौल लिने छ । पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । असोज ५ मा प्रि–जजिङ र असोज ६ मा सानेपास्थित हेरिटेज गार्डेनमा फाइनल हुने क्लबले जनाएको छ ।
मेन्स फिजिकतर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनि प्रतिस्पर्धा गराइने क्लब उपाध्यक्ष रुपेन्द्र गुरुङले बताए । उनका अनुसार महिलाको इभेन्ट पनि समावेश गरिएको छ । महिलातर्फ वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा गराइने छ ।
प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाउने छन् । मेन्स फिजिकको दुवै इभेन्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, वुमन फिजिक र वुमन वेलनेस विजेताले पनि समान १ लाख, ५० हजार र ३५ हजार पाउने छन् ।
Related News
सम्बन्धित समाचार
लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा
न्यु डायमण्ड २ खेलमा विजयी
साविक विजेता श्यामलाई गल्फ उपाधि
सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०