शिक्षक सहयोग गर्दै नेलम्बो

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०८०
nelambo progrem photo

पोखरा । शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिकाका २ सामुदायिक विद्यालयमा शिक्षक सहयोग गरेको छ ।

नेलम्बोले त्यहाँ स्थित उदय माध्यमिक विद्यालय तथा जनप्रिय आधारभूत विद्यालयमा १, १ जना शिक्षक सहयोग गरेको हो ।

जसअनुसार सोमवार वडा कार्यालयमा शिक्षकका लागि सम्झौता गरिएको छ ।

सम्झौता पत्रमा वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारी, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, उदय माविका अध्यक्ष नरबहादुर अधिकारी क्षत्री, जनप्रिय आधारभूत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गाबहादुर विक साथै विद्यालयका प्रधानाध्यापकहरु उदयका धनबहादुर अधिकारी क्षत्री साथै जनप्रियका चुणमणी भण्डारीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा क्षेत्रमा निरन्तर कार्यहरु गर्दै आइरहेको उल्लेख गर्दै विगत ३ वर्षदेखि ति विद्यालयमा पनि निरन्तर सहयोग गर्दै आईरहेको स्मरण गरे । उनले सम्झौता भएसँगै विद्यालयको शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास दिए ।

वडाध्यक्ष भण्डारीले नेलम्बोले गरेका क्रियाकलापको प्रशम्सा गर्दै सहयोगले वडाको समग्र विकासमा सहयोग पुर्‍याएको भनाई राखे । उनले आगामी दिनमा पनि नेलम्बोसँग सहकार्य गर्न वडा तयार रहेको स्पष्ट पनि पारे ।

सम्झौता अनुसार २०८१ असार मसान्तसम्म ति विद्यालयमा नेलम्बोको तर्फबाट १, १ जना शिक्षक खट्नेछन् ।जसको व्ययभार नेलम्बोले बेहोर्ने छ ।

नेलम्बोले ३ वर्षदेखि ति विद्यालयमा निरन्तर शिक्षक सहयोग गर्दै आइरहेकोमा हरेक वर्ष नवीकरण गर्ने गरिएको कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width