स्थापना दिवसमा सरसफाइ र हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०८०
education

पोखरा । शिक्षाशास्त्र संकाय पृथ्वीनारायण क्याम्पस, पोखराले शिक्षा महाविद्यालय (कलेज अफ एजुकेसन) को स्थापना दिवसका अवसरमा आइतबार क्याम्पस परिसर सरसफाइ तथा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । शिक्षाशास्त्र संकायका प्राध्यापक र विद्यार्थीले क्याम्पस परिसर तथा क्याम्पसबाहिर क्याम्पसको तल्लो गेटदेखि माथिल्लो गेटसम्मको सडक सरसफाइ गरिएको थियो ।

शिक्षाशास्त्रमा स्नातक र स्नातकोत्तर तहमा पढ्ने ११ वटा समूहबीच गराइएको हाजिरीजवाफ प्रतियोगितामा ललित पौडेल, निराजन थापा र सुस्मिता पौडेलको समूह प्रथम भएको थियो ।

ओसन पौडेल, श्रवण सुवेदी र कमलमणि अर्यालको समूह द्वितीय तथा कौशिला पुन मगर, सुनिता सापकोटा र तुलसी घर्तीको समूह तृतीय भए । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई क्रमश: ८ हजार, ६ हजार र ४ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको उप्रप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले क्याम्पसले विद्यार्थीको सर्वांगीण हित र प्राज्ञिक उन्नयनका लागि अध्ययन अनुसन्धानलाई महŒव दिएको स्पष्ट पारे । सहायक क्याम्पस प्रमुखहरू प्राध्यापक लालबहादुर कुँवर, मीनराज लम्साल तथा बोधराज ढकालले पनि धारणा राखेका थिए ।

उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठी, डा. पीताम्बर पौडेल, शकुन्तला पंगेनी, गोविन्दप्रसाद गैरे, सञ्जीवराज खनालले सहजीकरण गरेको कार्र्यक्रम डा. पितृराज बास्तोलाले सञ्चालन गरेका थिए ।

२०१३ साल भदौ २४ मा खुलेको कलेज अफ एजुकेसनअन्तर्गत २०२३ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल र संयुक्त राज्य अमेरिकाको सहकार्यमा शिक्षा महाविद्यालय, शिक्षक शिक्षण केन्द्रको स्थापना भएको थियो । पछि २०२९ सालमा यसलाई शिक्षाशास्त्र अध्ययन संस्थान र २०३८ मा शिक्षाशास्त्र संकायको नाम दिइएको पाइन्छ । अहिले नेपालमा यसै नामबाट स्नातकदेखि विद्यावारिधिसम्म अध्ययनअध्यापन हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…
  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • सामुदायिक बगरमा दोहारिए राम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११…
  • उद्घोषण एवं माहुरीपालन तालिम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । लेखनाथ उद्योग…
  • जनता सहकारीको साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा…

hero news full width