टप लिडर्स सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०८०
reliable life

पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले कम्पनीमा कार्यरत टप १०० लिडर्स सम्मान कार्यक्रम गरेको छ । विशेषगरी करोडपति एजेन्सी तथा विभिन्न विधामा नेपाल टप गर्न सफल करिब १ सय जना टप लिडर्सलाई पोखरामा आयोजित समारोहमा दोसल्ला र अवार्डद्वारा सम्मान गरिएको हो ।

सो अवसरमा कम्पनीका सहायक वरिष्ठ प्रबन्धक दीपेशबाबु तिवारीले व्यावसायिक सुशासनसम्बन्धी जानकारी दिँदै यसको महŒव दर्शाए । वरिष्ठ प्रबन्धक युवराज ज्ञवालीले नयाँ योजनाबारे चर्चा गरे ।

कम्पनीका कार्यकारी तथा कार्यक्रम अध्यक्ष नारायणबाबु लोहनीले आर्थिक सबलताले नै सबैमा विश्वास जित्न सफल भएको भन्दै प्रयत्नशील व्यक्ति र संस्थाको उन्नति निश्चित हुने कुरामा दुईमत नरहेको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरकले आफ्नो सफलता प्राप्तिका लागि गर्नुपर्ने महत्वपूर्ण कार्ययोजनाबारे बोलेका थिए ।

टप लिटरतर्फबाट भद्रपुरका बाबुराम अधिकारी, थानकोटका सरु बेलवासे, चितवनका धर्मेन्द्रजंग रायमाझी तथा पोखरा शाखाका मीनबहादुर गुरुङले व्यवसाय सफलताको अनुभव सुनाए । कार्यक्रममा वरिष्ठ प्रबन्धक कल्याणराज हलुवाईसहित सातै प्रदेश एवं शाखा प्रमुखहरुको सहभागिता थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीको अध्यक्षतामा कार्यक्रम भएको हो । स्वागत प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठ र सञ्चालन लमजुङ शाखा प्रमुख राजु गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width