माउन्ट अन्नपूर्णमा मास ट्यालेन्ट सो

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०८०
mount annapurna

पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ का विद्यार्थीद्वारा गठित म्युजिक, आर्ट र लिट्रेचर क्लबको आयोजना पहिलो मास ट्यालेन्ट सो भएको छ ।

कार्यक्रममा नृत्य र गायन गरी २ विधामा कार्यक्रम भएको क्लब अध्यक्ष दीपेश आले मगरले बताए । नृत्यतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: करुणा गुरुङ, साहिना गुरुङ र केरल गुरुङ भए । गायनतर्फ क्रमश: आशिक सुनार, भूमिका सुवेदी र सुशान्त गुरुङलाई सफलता मिल्यो ।

विजेताले प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । निर्णायकमा दविन गुरुङ र वीनित जोजिजु थिए । सो अवसरमा पोखरा सांगीतिक कलाकार संघ अध्यक्ष हर्क गुरुङ (भाइ), संघ सचिव गायक भाष्करध्वज श्रेष्ठको पनि सहभागिता थियो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तथा विद्यालय निर्देशक तेजबहादुर गुरुङले विद्यालयमा गठन गरिएका क्लबहरूले आगामी दिनमा शिक्षा र समाजको क्षेत्रमा काम गर्दै जाने बताए ।

कार्यक्रममा विद्यालय प्राचार्य सहिन्द्रराज श्रेष्ठ, शैक्षिक निर्देशक अशोककुमार शाही, प्रशासक चित्रबहादुर गुरुङ, लेखा प्रमुख नवराज शर्मा, कक्षा ११, १२ मा अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीको सहभागिता थियो । गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्णमा म्युजिक, आर्ट र लिट्रचर क्लब, सोसल सर्भिस क्लब र गेम्स एन्ड स्पोर्टस् गरी ३ क्लब छन् ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width