हेभी इक्युपमेन्ट व्यवसायीको गुनासो

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०८०
hevy

पोखरा । निर्माणमा प्रयोग हुने महँगा मसिन किनेर व्यवसाय गर्न भने सजिलो नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । समयमा भुक्तानी नपाउने र ठेकेदारले आफ्नै मसिनबाट काम गर्ने प्रवृत्तिका कारण यो व्यवसाय चौपट्ट भएको उनीहरुले गुनासो गरे ।

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघ, पोखराले आयोजना गरेको प्रशिक्षण एवं अन्तक्र्रियामा मेसिन सञ्चालकले सो गुनासो गरेका हुन् ।

खासमा निर्माण कार्यमा प्रयोग हुने हेभी मसिन महँगा हुन्छन् । १ करोड रुपैयाँभन्दा बढी मूल्यका ती मसिन किनेर व्यवसाय गर्न जोकोहीले सक्दैनन् । निर्माणले गति लिए मसिन सञ्चालकले काम पनि राम्रै पाउँछन् । तर पछिल्लो समय भनेजस्तो व्यवसाय नभएको उनीहरुको गुनासो छ ।

नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघ अध्यक्ष प्रेमलाल श्रेष्ठले ठुलो लगानीमा सञ्चालित व्यवसायीहरुलाई राज्यले संरक्षण नगरेको जिकिर गरे । राष्ट्रको भौतिक निर्माणमा योगदान पुर्‍याउने व्यवसायीहरुले वर्षभर काम नपाउने र पाए पनि भुक्तानीमा समस्या आइरहेको उनको भनाइ थियो ।

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघ अध्यक्ष बालकृष्ण कोइरालाले काम गर्ने तर भुक्तानी नपाउने समस्याका कारण व्यवसायीहरु पलायन अवस्थामा पुगेको बताए । उनले सरकारले पुँजीगत खर्च गर्न नसक्दा व्यवसायमा मन्दी छाएको गुनासो गरे । ठुलो लगानीको व्यवसाय भएकाले उपकरणको बिमा गर्न उनको सुझाव छ ।

कार्यक्रममा संघ सचिव भीम केसीले एचपी, खनाल एन्ड एसोसियट्सका सञ्चालक ऋषिबहादुर खनालले लेखापढी, सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक कविराज पौडेलले बिमा व्यवस्थाबारे प्रशिक्षण दिए ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, हेभी इक्युपमेन्ट व्यवसायी संघ पोखराका संस्थापक अध्यक्ष लीलामोहन कुइँकेल, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघ केन्द्रीय सदस्य एवं तनहुँ हेभी इक्युपमेन्ट व्यवसायी संघ अध्यक्ष खिन्तबहादुर भण्डारी (भरत), नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघ गण्डकी अध्यक्ष नीलकण्ठ (निश्चल ) पोखरेल, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मालगायतले मन्तव्य राखेका थिए । अन्तक्र्रिया अवसरमा देहान कन्स्ट्रक्सनका सञ्चालक सावित्री गुरुङ पुनले आफ्नो मसिनको बिमासमेत गराइन् ।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width