बिमा : नाफा कमाउन हैन, जोखिम कम गर्न

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०८०
Bima Photo

पोखरा । नेपाल बिमा प्राधिकरणले पत्रकारसँग अन्तरक्रिया तथा छलफल गरेको छ । प्राधिकरणका वार्षिक कार्यक्रम अनुसार आइतबार कास्कीका पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।

छलफलमा गण्डकी प्रदेशमा बिमाको अवस्थाका बारेमा प्रस्तुति राखिएको थियो । सोही अवसरमा अभिकर्ताहरुले बिमित (बिमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बिमा प्राधिकरण गण्डकीका प्रमुख केशवप्रसाद दाहालले बताए । ‘अभिकर्ताले बिमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न,’ उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानुन बमोजिम कारवाही हुन्छ ।’

ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गलाई बिमाको दायरामा ल्याउन, छिटो छरितो रुपमा सहज र सरल ढंगबाट दाबी भुक्तानीको व्यवस्था गरी जनविश्वास अभिवृद्धि गर्न र जनचेतना जगाउन प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा आएको उनले बताए । पोखरामा कार्यालय स्थापना गरी माघ ११ गतेदेखि गण्डकी प्रदेशको ११ वटै जिल्लाको बिमा कम्पनीहरुको नियमन गरिरहेको उनले सुनाए ।

बिमालाई प्रविधिमैत्री बनाइ अनलाइनमार्फत् बिमा अभिकर्ता तथा सर्भेयर दर्ता तथा नवीकरण गर्ने व्यवस्थाको सुरुआत भई बिमा क्षेत्रमा डिजिटलाइजेसनको लागि प्राधिकरणले ठोस कदम चालिसकेको उनको भनाइ छ । अनिश्चित हानीबाट संरक्षण, सम्झौता अनुसारको क्षतिपूर्ति, सम्पत्ति वा व्यक्तिगत सुरक्षाको प्रत्याभूति, बचतमा प्रोत्साहन, निर्भरतामा कमी, करमा छुट, देशको आर्थिक विकासमा सकारात्मक प्रभावलगायत कारणले पछिल्लो समय बिमाको महत्व बढ्दै गएको उनको भनाइ थियो ।

आफूहरुले मुद्दा हेर्ने बाहेक केन्द्रले गर्ने सबैका प्रदेशमा रहेर गरेको दाहालले बताए । ‘बिमक, बिमा मध्यस्थकर्ता तथा अन्य बिमा सेवा प्रदायकको इजाजत सम्बन्धी काम यही बाट हुन्छ । बिमकको पुँजी लगायतका कोषहरु निर्धारण गर्ने र बिमा बजारलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउने बिमाको विकास प्रबद्र्धन तथा विस्तार गर्ने काम पनि हुन्छ,’ उनले भने, ‘बिमा सम्बन्धी विवाद मेलमिलाप तथा निरुपण गर्ने र बिमा व्यवसायमा जोखिम न्यूनीकरण गर्ने काम पनि गरिरहेका छौं ।’ यससँगै नियमन निरीक्षण सुपरीवेक्षण गर्ने, न्यून आय भएका वर्ग समक्ष बिमाको पहुँच पुर्‍याउने र लघुबिमाको प्रवद्र्धन, बिमित हित संरक्षण सम्बन्धी कार्य बिमा नियामकको हैसियतले अन्य कार्यहरु गरिरहेको उनले सुनाए ।

उनका अनुसार नेपाल बिमा प्राधिकरणमा ३४ वटा बिमा कम्पनी आवद्ध छन् । प्राधिकरणले निजी तथा सरकारी बिमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउँदै दाहालले चित्त नबुझेको खण्डमा बीमितले बिमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए ।

‘हाम्रो काम भनेको बिमा कम्पनीहरुलाई नियमन गर्ने हो । बिमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बिमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’

उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बिमाको अपरिहार्यता रहेको बताइन् । ‘मानव जीवनमा बिमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बिमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बिमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बिमाको महत्व बढेको छ,’ उनले भनिन् । अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बिमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् ।

Related News

सम्बन्धित समाचार

  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • सामुदायिक बगरमा दोहारिए राम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११…
  • उद्घोषण एवं माहुरीपालन तालिम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । लेखनाथ उद्योग…
  • जनता सहकारीको साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…

hero news full width