पोखरा । बिपी कोइरालाको ११० औं जन्मजयन्ती अवसरमा आइतबार प्रजातान्त्रिक विचार समाज कास्कीले उनको योगदानबारे अन्तक्र्रिया कार्यक्रम गर्यो ।
कार्यक्रममा समाजका केन्द्रीय सचिव प्राडा अक्कलदेव मिश्रले बिपीको प्रजातन्त्रप्रतिको निष्ठा र प्रजातन्त्रमा मात्रै जनताले आफ्नो मौलिक विचारसहितको सार्थक जीवन जिउन सक्ने र सबै अट्न सक्ने हुनाले समाजका हरेक क्षेत्रका मानिसहरु प्रजातान्त्रिक व्यवस्थाका लागि आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आह्वान गरे ।
समाजका पूर्व केन्द्रीय सदस्य प्राध्यापक कमलराज सापकोटाले बिपीको विचार बोकेका मानिसहरु पार्टी बाहिर र उनको दर्शन नबुझेकाहरु पार्टी र सरकारमा भएका कारण अहिले पार्टीमा वैचारिक संकट भएको टिप्पणी गरे । पूर्व अध्यक्ष विष्णुराज पराजुलीले बिपीलाई २०३६ सालमा पोखरेली कांग्रेसी नेताहरुले भेडाको ऊनको स्वीटर उपहार टक्र्याउँदा उपहार लिँदा राजनीतिक आदर्श मर्ने र सुविधाभोगी नेतृत्वको परिचय हुन सक्छ भनी ग्रहण नगरेको सन्दर्भ उजागर गरे । पूर्व अध्यक्ष तथा सल्लाहकार प्राध्यापक पदमशरण रेग्मीले बिपी बहुआयामिक व्यक्तित्व भएको चिनाए ।
सल्लाहकार ऋषि सापकोटाले कांग्रेस कास्की कार्यालय हातामा बिपी पुस्तकालयको स्थापनाका लागि भवन बनाइएकोमा आजसम्म सञ्चालनमा आउन नसकेकोमा दुख व्यक्त गरे । कार्यक्रममा समाजका सदस्य प्राडा यमबहादुर पौडेल क्षत्री, प्राडा बलराम उपाध्याय रेग्मी, शान्ति भुसाल, डा. वीनिता कोइराला, कोषाध्यक्ष ज्योतिबाबु पौडेललगायतले आ–आफ्नो धारणा राखे ।
समाजका अध्यक्ष डा. वीरबहादुर कार्कीले बिपीले राष्ट्र भनेको भूगोलमात्र होइन, भूगोलभित्र बस्ने सबै जातजाति, संस्कृति पनि हुन् भनेको स्मरण गराए । कार्यक्रम समाजका सचिव भीम न्यौपानेले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
फेदीखोलामा ‘नवीन राप्रपा’
‘दोष संविधानको हैन, सरकारको’
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०