पोखरा । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएको छ।
मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि तत्काल महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको बताइएको छ।७४ वर्षीय
पूर्व सभामुख तथा संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए। ७४ वर्षीय नेम्वाङ नेकपा एमाले संसदीय दलको उपनेता हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पतालमा पुगिसकेका छन्।
उनको शव केहीबेरमा पार्टी कार्यालयमा पुर्याइनेछ । १२ बजेपछि श्रद्धाञ्जली कार्यक्रम राखिने छ ।
नेम्वाङका २ छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी पेट्रोलियम कम्पनीले मनायो स्वर्ण महोत्सव
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
जोगिमणि टोलमा गोपाल
युनाइटेड क्लबमा विभिन्न उपसमिति र सल्लाहकार चयन
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१