पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ । कास्कीका स्थानीय तहमा सञ्चालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानीय तहका काम प्रभावकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा व्यवस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लीलाधर पौडेलले बताए ।0
कास्कीका विकास आयोजनामा हुन सक्ने सम्भावित कमीकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न छिट्टै डेस्क स्थापना गरिने उनको भनाइ थियो । ‘डेस्कमार्फत् कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र विकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित, मौखिक र विद्युतीयरूपमा प्रदान गर्ने व्यवस्था गर्नेछौं,’ प्रमुख पौडेलले भने ।
जिसस कास्कीको आयोजनामा आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमको समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिकासम्बन्धी तीन दिने समीक्षात्मक कार्यक्रम उद्घाटन गर्दै सो कुरा बताएका हुन् । पौडेलले सुशासन बिना विकास सम्भव नहुने र विकास बिना समृद्धि सम्भव नभएकाले देश र जनताको समृद्धिका खातिर हर तबरबाट सबै पक्ष लाग्नुको विकल्प नभएको उल्लेख गरे ।
कार्यक्रममा सोमबार रूपाताल संरक्षण एकीकृत विकास परियोजना, खानेपानी तथा ढल निकास आयोजना पोखरा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा, संघीय आयोजना कार्यान्वयन इकाइ, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, सडक डिभिजन पोखरा, पुष्पलाल मध्य पहाडी सडक आयोजना, मुग्लिङ पोखरा सडक योजना लगायतले वार्षिक समीक्षासहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको सूचना अधिकारी झविश्वर रेग्मीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
डिएलए कास्कीमा शर्मा
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
hero news full width
मुख्य समाचार
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१