पोखरा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको सोमबार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले तीजलाई स्थानीय उत्पादनसँग जोड्ने प्रयास सह्रानीय भएको उल्लेख गरे । ‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादनसँग पनि जोड्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको रहेछ । पर्यटन विकासको आधार नै स्थानीय उत्पादन हो,’ उनले भने ।
तीजमा विकृति आए पनि यसको सुधार हुनुपर्ने विषयलाई उनले औंल्याए । महिला दिदीबहिनी पुरुषको बैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । पुरुष पानीमाथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ ।
गण्डकी प्रदेश सदस्य सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन् । विविध समस्याले जगडेको पर्यटनलाई माथि उठाउन सांस्कृतिक कार्यक्रममार्फत दिदीबहिनी लागेको देख्दा खुसी लागेको उनको भनाइ छ । यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसँग जोड्न मद्दत पुग्ने उनले बताइन् ।
पर्यटन विकासको आधार नै स्थानीय उत्पादन
- कानुन मन्त्री धनराज गुरुङ
पोखरा पर्यटन परिषद महासचिव सञ्जयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरे । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए तापनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए । छिमेकी राष्ट्रसँग समन्वयमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान गर्न सके पर्यटन क्षेत्रमा सुधार हुने भनाइ उनको छ । पोखरादेखि मुग्लिनसम्मको सडक निर्माणमा ढिलाइ हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै अभियान लिएर फास्ट ट्रयाकमा काम गर्नुपर्ने वातावरण मिलाउनु पर्ने आवश्यकता उनले औंल्याए । २०३५ सालको पर्यटन ऐन संशोधन गरी नयाँ पर्यटन ऐन ल्याउनुपर्ने उनले बताए ।
पोखरा ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खाँचो भएको बताए । मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनले लिएका छन् ।
टेवान अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन् । भदौ २७ सम्म कोमागाने पार्कमा हुने तीज सांस्कृतिक महोत्सव सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, नेपाल पत्रकार कास्की अध्यक्ष विमला भण्डारी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमपूर्व प्रभातफेरी गरिएको थियो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन समेत गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०