पोखरा । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रबाट ६ सय ७५ जना सैन्य पास आउट भएका छन् । ३६ साताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई सोमबार सपथ ग्रहण गराइयो ।
उनीहरुलाई पश्चिम पृतना हेडक्वार्टरअन्तर्गत ८ युनिटबाट सपथ गराइएको थियो । उनीहरुले गत वर्ष १ मंसिरदेखि तालिम सुरु गरेका थिए । ८ युनिटमध्ये सबैभन्दा बढी लमजुङको चण्डीप्रसाद गणबाट ९८ जना सैन्य पास भएका हुन् । जसमा रुरु भैरवदल गण तनहुँबाट ९७, भगवती दल गण फूलबारीबाट ९६, पश्चिम पृतना तालिम शिक्षालय खैरेनीटार र पश्चिम पृतना हेड क्वार्टर विजयपुरबाट ९३÷९३ जना पास भएका हुन् । यस्तै, कालीभञ्जन गण दमौलीबाट ६८, महावीर गण रेञ्जर पोखराबाट ६६ र रिपुमर्दन गण गोरखाबाट ६४ र चण्डिप्रसाद गण लमजुङबाट ९८ जना पास भए ।
पश्चिम पृतना हेड क्वार्टर विजयपुरमा भएको अन्तिम दलेल कवाजमा पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाले उत्कृष्टलाई पुरस्कार वितरण गरेका थिए । उक्त युनिटको तालिममा सहभागी सैन्यलाई विधागत रुपमा उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिएको हो । तालिममा पर्वतका ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक दुवैतर्फ सर्वोत्कृष्ट बने । तालिममा शारीरिक सहिष्णुता दौडतर्फ बादल गुरुङ, बाधा पारतर्फ नारायण विक, फायरिङतर्फ अशोक थापा, ड्रिलतर्फ विशाल अधिकारी उत्कृष्ट भए ।
नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पृतनापति बानियाले भने, ‘राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।’
सीमित स्रोत र साधन बाबजुद नेपाली सेनाले आफ्ना सकल दर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आएको बताउँदै उनले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताए । तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उनले यसले आत्मविश्वासी एवं पेसाप्रति थप कटिबद्ध बनाउने बताए । सो अवसरमा तालिमप्राप्त सैन्य जवानले कवाज प्रदर्शन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१