दीप युनाइटेडको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०८०
deep united

पोखरा । दीप युनाइटेड क्लबले शनिबार पोखरामा गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लबका अध्यक्ष खेमराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलो रक्तदाता रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरे । बानियाले अहिलेसम्म ४९ औंपटक रक्तदान गरे ।

कार्यक्रममा वडा सदस्य रामकाजी गुरुङ, राजकुमारी बानिया, रामचन्द आचार्य, मन्जु बस्याल, विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायत समाजका विशिष्ठ व्यक्तित्व सहभागी थिए । कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष विष्णुकुमारी गुरुङले स्वागत गरेको कार्यक्रममा सञ्चालन सचिव भीमप्रसाद आचार्यले गरेका थिए ।

वडाध्यक्ष शर्माले सामाजिक क्षेत्रमा क्रियाशील संस्था दीप युनाइटेड क्लबले उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । न्यु दीप आमा समूहकी अध्यक्ष कोपिला आचार्य, पहिलो रक्तदाता रामबहादुर बानिया, जोगिमणि टोल विकास संस्थाका अध्यक्ष गोपाल गिरी, वडा सदस्य रामचन्द्र आचार्यले शुभकामना व्यक्त गरे । सूर्योदय सेकेन्डरी स्कुलको सहयोगमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width