पोखरा । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आइतबार सम्मान कार्यक्रम आयोजना ग¥यो । सन्दर्भ थियो, ११० औं बिपी जयन्ती । सोही अवसरमा पुस्तकालयले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट १÷१ जनालाई सम्मान गर्न गर्दै थियो । ११ बजे सबै सम्मानित व्यक्तिहरुलाई डाकियो । उनीहरु समयमै कार्यक्रमस्थलमा पुगे । तर, सम्मान गर्नेको अत्तोपत्तो थिए ।
आयोजक संस्थाले नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतलाई प्रमुख अतिथिका रुपमा डाकेको थियो । कार्यक्रम सुरु हुने समयसम्म प्रतीक्षामा बसेका आयोजकलाई महतले पोखरा नआउने खबर पठाए । अनि फेरि प्रमुख अतिथिको खोजी सुरु भयो । उनीहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई डाक्ने भए । संयोगले मन्त्री गुरुङ बिपी जयन्तीका लागि गृह जिल्ला स्याङ्जा थिए । उनी वालिङ र पुतलीबजारको कार्यक्रम सकेर मात्र पोखरा आउने भए ।
पुस्तकालयले त्यो बेलासम्म सम्मानित व्याक्ति, अतिथि र कार्यकर्ता थमथमाएर राखेको थियो । मन्त्री गुरुङले सम्मान कार्यक्रममा आउने भएपछि डेढ बजे बल्ल कार्यक्रम सुरु भयो । तर, सुरु भएको २ घन्टासम्म पनि प्रमुख अतिथि गुरुङ आएनन् । त्यसपछि पुस्तकालयका संरक्षक तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल लगायतले सम्मान गरे ।
उनीहरुले सुवर्ण विष्ट (मुस्ताङ), अजय मिलन श्रेष्ठ (म्याग्दी), कुलराज गौतम (बाग्लुङ), नन्दादेवी गुरुङ (कास्की), दुलारे महतो (नवलपुर), चन्द्रप्रकाश न्यौपाने (गोरखा), पृथ्वीलाल गुरुङ (लमजुङ) र जीवनध्वज गुरुङ (तनहुँ) लाई सम्मान गरेका थिए । स्याङ्जाका खगेन्द्रराज रेग्मी बिरामी भएकाले र मनाङका कोमल घले बाटोका कारण आउन सकेनन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम सकिँदासम्म पनि मन्त्री गुरुङ आइपुगेनन् । कार्यक्रम उल्टो गतिमा चलिरहेको उपस्थित नेता कार्यकर्तामा गाइगुइँ चल्न थाल्यो । प्रमुख अतिथिको पर्खाइमा लगभग बोल्ने वक्ता सकिँदै थियो । सम्मानपछि सम्मानित हुनेहरुको बोल्ने पालो आयो ।
सुरुमा बागलुङका कुलराज गौतम बोले । उनले बिपीको योगदानको चर्चा गरेका थिए । त्यस लगत्तै गोरखाका चन्द्रप्रकाश न्यौपानेले बोल्न थाले । सुरुमा ११० औं बिपीको जयन्तीका बारेमा कुराकानी गरेका न्यौपानेले कांग्रेसप्रति गुनासो गर्न सुरु गरे । उनले कांग्रेस टुप्पाबाट बिगँ्रदै गएको संकेत गरे । उनले, ‘कांग्रेसको जरा राम्रै छ, टुप्पाबाट बिगँ्रदै गएको छ ।’
बिपी स्मृति पुस्तकालय गण्डकीद्वारा ११ जिल्लाका अगुवा कांग्रेसीको सम्मान
पुराना नेताहरुले बलियो जग हालेर छाडेको कांग्रेस विस्तारै बिग्रँदै गएको उनको भनाइ थियो । सबै मिलेर कांग्रेस सुधारेर लैजानुपर्नेमा उनको जोड थियो । त्यतिकैमा मन्त्री गुरुङ कार्यक्रम हलभित्र छिरे । हल्ला–खल्ला चल्यो । उनी बोल्दाबोल्दै मन्त्रीलाई स्वागत गरे । कसैले वास्ता गरेनन् । उनलाई झनै दिक्क लागेछ । अनि भने, ‘ठूला मान्छे आएपछि हामीलाई भुइँमान्छेको कुरा कसले सुन्छ र ?’ केही समयपछि मन्त्रीलाई ध्यानाकर्षण गराउँदै पुनः दोहा¥याए, ‘कांग्रेस बिग्रँदै गएको छ । सपार्नुस् है ।’
न्यौपाने बोलेपछि मात्र कार्यक्रमको उद्घाटन भयो । त्यसपछि उनै मन्त्री गुरुङको बोल्ने पालो आयो । उनले सुरुमै ढिला आएकोमा माफी माग्दै कांग्रेस सपार्न जरामै मलजल गर्नुपर्ने तर्क राखे । जराको राम्रो हेरचाह गरे मात्र टुप्पा राम्रो हुने उनले बताए । गुट उपगुटको भुमरीमा गफ कम काम बढी गरे कांग्रेस आफै राम्रो हुने उनको भनाइ थियो । कांग्रेसको मूलमन्त्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि सबै कांग्रेसी एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।
सरकारले भ्रष्टाचारको फाइल खोल्दा घेराबन्दीमा परेको बताएका छन् । तर, त्यसको प्रभावमा नपरी गठबन्धन सरकारले भ्रष्टाचारको विरुद्धमा लागेको उनले सुनाए । ‘मन्त्री र प्रधानमन्त्री भनेको थोत्रो जुत्ता जस्तै हो । आउँछ जान्छ,’ उनले भने, ‘त्यसैले मैले मन्त्री र मन्त्रालयको लोभ नगरी फाइल खोल्न प्रधानमन्त्रीसँग कुरा भएको छ ।’
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपीको विचारलाई कांग्रेसले आत्मसात् गर्न बिर्सिन थालेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । उनले बिपी विचार, कांग्रेस र नेपालको राजनीतिक विकासक्रमका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, पूर्वमन्त्री यत्रबहादुर थापा, गण्डकी प्रदेशका पूर्वमन्त्री तथा नेपाली कांग्रेस गण्डकीका उपसभापतिद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठ, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’, उपाध्यक्ष डा. कुसुमाकर न्यौपाने, सम्मानित व्याक्ति सिफारिस समिति संयोजक कमलराज सापकोटा लगायतले बिपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।
सम्मान कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य, प्रचार विभागका उपप्रमुख तथा पुस्तकालयका कोषाध्यक्ष शिरोमणी बरालले जानकारी दिए । उनका अनुसार सम्मानका लागि करिब ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ ।
Related News
सम्बन्धित समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१