लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिम

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०८०
lamachaur

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ ।

संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा आगामी भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए ।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिने अध्यक्ष भण्डारीले बताए ।

महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेस्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।
पुरुष राष्ट्रिय भलिबलमा मणिमुकुन्द भलिबल क्लब बुटवल, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुनेछ । पुरुष भलिबल गत वर्षदेखि सुरु भएको हो । यसपालि महिलातर्फ गण्डकीको टिम सहभागी छैन ।

महिला तथा पुरुषतर्फ विजेता दुवैलाई १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार साथमा सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । साथै, सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको आयोजकले जनायो ।

यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण हुन् । ३ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकार चिज गुरुङ, लक्ष्मी मल्ल, दीपक खड्का, चोलेन्द्र पौडेल, रामजी पौडेल, ज्योति लोहनी, लक्ष्मी बानिया, सरस्वती लामिछाने, मधु थापा लगायतको विशेष प्रस्तुति रहनेछ । औद्योगिक तथा व्यापार प्रदर्शनीका स्थलहरु रहने छन् भने मणिपाल शिक्षण अस्पताल सहकार्यमा हेल्थ क्याम्प सुविधा पनि हुनेछ ।

तीज गीत प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा पनि पुरस्कार व्यवस्था छ । शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान रहेको अर्थ संकलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • कास्की जिल्ला टेनिस संघमा राजकुमार गुरुङ

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पाेखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भए । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा…
  • हारबाट सिक्छ गण्डकी भलिबल

    धनबहादुर गुरुङ भाद्र २२, २०८१
    पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश ।…

hero news full width