गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए ।
‘गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढंगबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ,’ उनले भने, ‘त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।’
नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । ‘समाजमा देखिएका असन्तुष्टि र आक्रोशलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘हाम्रा सीमित स्रोत र साधनलाई अधिकतम् प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसतर्फ हामी सबैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ ।’
मुख्यमन्त्री पाण्डेले जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेकाले सबै मिलेर समस्यालाई समयमै नियन्त्रण गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकार विकासका लागि सञ्चारकर्मीसँग हातेमालो गरेर हिँड्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
‘गण्डकी प्रदेश सरकार पत्रकारिताको विकासका लागि पत्रकारिता क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको छ,’ उनले भने, ‘सञ्चारकर्मीबाट सकारात्मक सहयोग र सुझावको अपेक्षा छ ।’ उनले गण्डकीलाई नमुना प्रदेश बनाउनका लागि सबैको सहयोगको आवश्यकता औंल्याए । मुख्यमन्त्री पाण्डेले पत्रकारको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेको बताए । सम्बन्धित संघसंस्थासँग छलफल गरेर गण्डकी प्रदेशको आमसञ्चार विधेयक संसद्मा दर्ता गराएको उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
‘निजी क्षेत्रको पीरमर्का सम्बोधन हुनेछ’
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१