‘नीति नियम नमान्दा सहकारी डुबे ’

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०८०
adarsha bachat

पोखरा । पोखरा १३ आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई सहकारीसम्बन्धी प्रशिक्षण तथा अन्तक्र्रिया गरेको छ ।

सहकारी प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रममा सहकारीका अध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका अध्यक्ष राजेन्द्रप्रसाद बरालले कार्यक्रमको औचित्य, सहकारीको लक्ष्य उद्देश्य तथा भावी योजनाबारे जानकारी दिए ।

उनले आदर्श सहकारीको स्थापनादेखि हालसम्मको सचित्र विवरण प्रस्तुत गर्दै २०६२ सालमा २६ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ५ सय ९८ सेयर सदस्य रहेको जानकारी दिए । बरालले सहकारीले करोडौं रुपैयाँको कारोबार गर्न सफल भएको छ भन्दै इमानदार सेयर सदस्यका कारण नै यो सबै सफलता मिलेको बताए ।

सहकारीको नियम, कानुन, सेयर सदस्यको सहकार्य, सहमति तथा एकताले सहकारी यहाँसम्म ल्याइपुर्‍याएको भन्दै बरालले सहकारीको भावी योजनामा पनि सहकार्य हुनुपर्नेमा जोड दिए ।

उनले सहकारीका ७ सिद्धान्तलाई शिरोधार्य गर्दै नीति, नियम तथा सहकारीको परिधि सिद्धान्तभित्र रहेर सञ्चालन गर्दा हाम्रो सहकारीले कुनै प्रकारको पनि आर्थिक जोखिम व्यहोर्न नपरेको जानकारी दिए । उनले सहकारीका सेयर सदस्यले गर्नुपर्ने काम, कर्तव्य तथा अधिकारका विषयमा समेत स्पष्ट पारे ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले संस्था स्थापनाकालको अवस्था र हाल सहकारीले गरेको प्रगतिको सन्दर्भमा आफ्ना अनुभव सुनाएका थिए ।

सहकारीका ऋण परिचालन समितिका संयोजक यज्ञप्रसाद बरालले सहकारीद्वारा गरिएको ऋण परिचालन, लगानी, आर्थिक विनियमका विविध पक्षबारे जानकारी दिँदै सहकारीका प्रत्येक सेयर सदस्यले सहकारीसम्बन्धी विभिन्न जानकारी लिनुपर्ने बताए । उनले अहिले बजारमा केही सहकारीले नियमसंगत कारोबार नगरेकै कारण सहकारीहरू बन्द भएको र सेयर सदस्यको रकम डुबेको दाबी गरे । सबै सेयर सदस्यले जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे ।

सहकारीका प्रचारप्रसार समिति संयोजक, पत्रकार श्रीराम सिग्देलले प्रशिक्षण कार्यक्रमको समग्र समीक्षा गर्दै सबै सेयर सदस्यले आफ्नो हक अधिकार तथा कर्तव्य बुझेर सहमति र सहकार्यको अवधारणाअनुरुप सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारीकी व्यवस्थापक रोजिना भट्टराईले सहकारीको आन्तरिक व्यवस्थापन तथा सहकारीको समग्र आर्थिक कारोबारको जानकारी गराइन् । प्रशिक्षण कार्यक्रममा सेयर सदस्यहरू सुमित्रा बराल, श्रीराम बराललगायतले सहकारीले गर्नुपर्ने कामबारेमा सुझावसहित धारणा राखे ।

सहकारीका शिक्षा समिति संयोजक तथा प्रशिक्षण कार्यक्रममा संयोजक घनश्याम बरालले स्वागतर सचिव सूर्यप्रसाद बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width