महिला सीप विकास संस्थाको सभा

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०८०
mahila sip

पोखरा । गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विन्दुकुमार थापाले स्वरोजगार बनाउन महिला सीप विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

संस्थाको शनिबार २७ औं वार्षिक साधारणसभा तथा संस्थाद्वारा सञ्चालित सहकारीको १३ औं वार्षिक साधारणसभा संयुक्तरुपमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले आर्थिक पाटो बलियो नभएसम्म मानिस समृद्ध हुन नसक्ने भन्दै संस्थाद्वारा उत्पादित सामग्रीले देश विदेशमा बजार पाउनु महत्वपूर्ण भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापतिले संस्थाले उदाहरणीय कार्य गर्दै आइरहेको चर्चा गर्दै त्यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा चिल्डे«न नेपालका कार्यकारी निर्देशक डिल्ली शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा प्रमुख नवराज अधिकारी, डिजिटल एड्भोकेसीका सुदीप अर्याल, गैरसरकारी संस्था महासंघकी विना सिलवाललगायतले धारणा राखे । महिला सीप विकास संस्थाका संस्थापक अध्यक्ष रामकली खड्काले सबैको साथ सहयोगबाट संस्था हालसम्म आएको भन्दै आभार व्यक्त गरिन् ।

सो समारोहमा संस्थाका सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान गर्नुका साथै नयाँ आजीवन सदस्य १५ जनालाई प्रमाणपत्र समेत वितरण गरियो । यस्तै, असल बचतकर्ता अनिता गुरुङ र मनकुमारी थापा तथा असल कारोबारकर्ता नन्दश्री गुरुङ र देवीकुमारी गुरुङलाई सम्मान पनि गरियो ।

संस्थाका अध्यक्ष देवी गुरुङ तथा संस्थापक अध्यक्ष खड्काको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुभद्रा थापाले सहकारीका ७ सिद्धान्त वाचन तथा उपाध्यक्ष मीना खड्का कार्कीले कार्यक्रम सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • धारापानी महिला सहकारीद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०८०
    पोखरा । पोखरा–५, जनहितमार्गस्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार पाँचौं वार्षिक साधारणसभा भएको छ । सभा उद्घाटन गर्दै…
  • महिला अधिकारबारे कानुनी सचेतना

    आदर्श समाज सम्वाददाता असाेज १३, २०८०
    पोखरा । सिद्धार्थ क्लब पोखराले महिला अधिकारसम्बन्धी कानुनी सचेतना कार्यक्रम गरेको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा ४ की वडा…
  • टेवानको तीज सांस्कृतिक महोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८०
    पोखरा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडियो भने मुलुकको विकास हुने बताएका छन् ।…
  • रेडियो जननीको तीज गीतमा खहरे आमा समूह प्रथम

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८०
    पोखरा । रेडियो जननीले आयोजना गरेको नवौं तीज गीत प्रतियोगितामा पोखरा ६ को खहरे आमा समूह प्रथम भएको छ ।…
  • महिला उद्यमी संघ कास्की प्रथम

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८०
    पोखरा । देशभरका महिला उद्यमी संघलाई उछिन्दै कास्की जिल्लास्थित महिला उद्यमी संघ कार्यसम्पादनका आधारमा नेपालमै प्रथम हुन सफल भएको छ…

hero news full width