पोखरा । लेखक अमृत क्षत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे ।
उनले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने बताए । उनले स्रष्टा अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको उल्लेख गरे । लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको उनले बताए ।
पुस्तकमाथि समीक्षा राख्दै जीवनसागर भण्डारीले कृतिमा लाहुरे जीवनको प्रतिबिम्व उतारिएको बताए । लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन गरिएको सुनाए । लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक समेटिएको उनले उल्लेख गरे ।
प्रकृतिको उदात्त वर्णन कृतिभरि भेटिने उनले बताए । उनले भने, ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’ युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि यादको कोलाज कृति पढ्नुपर्ने उनको ठम्याइ थियो । सरल काव्यिक भाषामा कृति पस्केका अमृतले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गरे । यद्यपि कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझावसमेत दिए ।
स्रष्टा अमृतले आफ्नो साहित्य लेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार व्यक्त गरे ।
कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अभियन्ता मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अभियानका संयोजक सञ्जीव पौडेलले स्रष्टा परिचय प्रस्तुत गरेका थिए भने अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ले स्वागत मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट
‘देवीरमण शालीन, भद्र शिक्षासेवी’
मोती जयन्तीमा गजल प्रशिक्षण
सहिदचोकमा अक्षरयात्रा
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०