पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पल्ट व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छ ।
विमानस्थल सञ्चालनमा आएको ८ महिनापछि शनिबार बिहान भुटानको ड्रुक एयर भुटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो । बिहान ५ः५५ मा ३ यात्रु लिएर उडेको विमान बिहान ६ः४० मा पोखरामा अवतरण भएको हो । जहाज १ घण्टापछि ४२ यात्रु लिएर फर्केको छ ।
विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले पोखरामा यो पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय भएको बताए । यसअघि ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण भएको थियो ।
ड्रुय एयर पोखरामा अवतरण हुने भएपछि स्वागतार्थ गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रम्ुख धनराज आचार्य, मन्त्रालयका सचिव कुलमान गुरुङ लगायत पर्यटन व्यवसायी बिहानै विमानस्थल पुगेका थिए ।
अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (१७ पुस) मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
hero news full width
मुख्य समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
असाेज २७, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१