पोखरा । कास्कीका रोहित गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । फोटोग्राफर संघ गण्डकीकोे पाँचौ वार्षिकोत्सव उपलक्ष्यमा आयोजित फोटो प्रतियोगितामा उनीहरुमध्ये रोहितले नेचर एन्ड ल्यान्डस्केप फोटोग्राफीतर्फ र विजयले मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफीतर्फ पुरस्कार जितेका हुन् ।
१८४ औं विश्व फोटोग्राफी दिवस अवसरमा घोषणा भएको नेचर एन्ड ल्यान्डस्केप फोटो प्रतियोगिताका ५० फोटोग्राफरका १ सय ५० फोटोहरु संलग्न भएका थिए । तीमध्ये रोहित गिरीको फोटो सर्वोकृष्ट ठहरिएकोको हो । उनले १० हजार राशि पुरस्कार प्राप्त गरे । उत्कृष्ट ५ छनोटमा परेकाहरुलाई २ हजारको दरले पुरस्कृत गरियो ।
यस्तै, मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारमा १ सय ५० फोटोग्राफरका १ हजार २ सय फोटोमध्ये ६ फोटो छनोट गरिएको थियो । वैवाहिक फोटोतर्फ पर्वतका विजयको फोटो सर्वोत्कृष्ट ठहरिएको हो । उनले १५ हजार ५ सय ५५ नगद पुरस्कार पाए । उत्कृष्ट ५ लाई प्रमाणपत्र र ट्रफी प्रदान गरियो ।
मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफीमा ५ विधाका उत्कृष्टमा वेष्ट मोभमेन्ट क्याप्चर देवेन्द्र भण्डारी (कास्की), कलर एन्ड रिटचिङ निरोज भण्डारी (चितवन), बेष्ट कल्चर फोटोमा साहिल तिवारी (कास्की) बेष्ट ब्राइडल हेडसट दिवस बराल (कास्की), बेष्ट कपल पोजिङ पुरन थापा (कास्की) रहेका थिए ।
नेचर एन्ड ल्यान्डस्केपतर्फ प्रेम श्रेष्ठ, सजिनमणि पौडेल, अनिल कार्की र राकेश गुरुङ परेका हुन् ।
मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिताअन्र्तगत ६ विधा सार्वजनिक गरी प्रत्येक महिना ६ जना फोटोग्राफरको बेष्ट फोटो छानिन्छ । जसमा बेष्ट फोटो अवार्ड, ब्राइड एन्ड ग्रुम हेड सट, बेष्ट कलरिङ एन्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर छन् ।
वेष्ट वैवाहिक फोटो अवार्डमा १५ हजार ५५५ नगद ट्रफी र प्रमाणपत्र रहेको छ भने अन्य विधामा ट्रफी र प्रमाण दिइन्छ । मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता वर्षभरि नै चलिरहेको र प्रत्येक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाणपत्रसहित सम्मान गरिन्छ ।
मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका सञ्चालक भक्त तामाङ÷बृहस तामाङले २ लाखको अक्षयकोषको स्थापना गरेका छन् ।
कार्यक्रममा अग्रज फोटोग्राफर विश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक विमोचन गरियो ।
शिक्षासेवी जर्ज जोनबाट विमोचित सो पुस्तक शाक्यको ३२ आंै कृति हो । शाक्यले आफूले निकालेको किताब ५ सय प्रति फोटोग्राफर संघ गण्डकीलाई हस्तान्तरण गर्दै बिक्रीबाट आएको रकम फोटोग्राफरहरुको दक्षता, क्षमता तथा हौसला प्रदानमा ४ लाखको अक्षयकोष स्थापना गर्ने बताए ।
कृतिका लेखक नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुस्तकबारे चर्चा गरेका थिए । संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतमा भएको कार्यक्रमका सचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका हुन् । जुरीको तर्फबाट पत्रकार कृष्णमणि बराल बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
केआइइसी वुनलाई फुटबल उपाधि
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
hero news full width
मुख्य समाचार
उदार संविधान, अनुदार नेतृत्व
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०