पोखरा । अंग्रेजी शिक्षा विभाग पृथ्वीनारायण क्याम्पसको आयोजनामा कार्यशाला भएको छ । अमेरिकी दुतावासको नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्समा अंग्रेजी भाषा शिक्षणमा कार्यक्रम सञ्चालन गर्ने क्षेत्रीय अंग्रेजी भाषा कार्यालय (रेलो) का विज्ञहरुले अंग्रेजी शिक्षा विभागका प्राध्यापक र विद्यार्थीसँग कार्यशाला सञ्चालन गरेका हुन् ।
कार्यक्रमको सहजीकरण गर्दै रेलोका कार्यक्रम अधिकृत विश्व गौतमले अनुसन्धानमूलक लेख प्रकाशन गर्ने तरिकाबारे सम्बन्धित सत्रको सहजीकरण गरेका थिए । रेलो विज्ञ रोजर कोहेनले नेपालमा अंग्रेजी शिक्षाको प्रवद्र्धन गर्ने तथा अंग्रेजी शिक्षकहरूको लागि निशुल्क कोर्षहरु सञ्चालन गर्ने रेलोको मुख्य काम रहेको बताए । उनले नेपाली कक्षाकोठामा अंग्रेजी शिक्षण सम्बन्धित अनुभव वा अनुसन्धानलाई प्रकाशित गर्न सके ज्ञानको क्षितिज फराकिलो पार्न सकिने विचार व्यक्त गर्दै कक्षाकोठामा अंग्रेजी बोलाइ शिक्षण गर्ने तरिकाबारेको सत्र समेत सहजिकरण गरेका थिए ।
विभागका प्रमुख एवं सहप्राध्यापक डा. नवराज न्यौपानेले अंग्रेजी शिक्षा विभाग र रेलोको सहकार्यले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
विभाग सदस्य मदनप्रसाद बरालले सहजकर्ताले अत्यन्तै जटिल विषयवस्तुलाई निकै सहज तरिकाले प्रस्तुत गर्न सक्नुले विज्ञको विज्ञतालाई स्पस्ट पारेको विचार व्यक्त गरे । कार्यक्रममा एमएडका विद्यार्थी कुशल लामिछानेले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
पोखरामा खुल्यो गेन्स कलेज
गुणस्तरीय शिक्षामा जोड
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१