पोखरा । देवीरमण शर्मा ‘शास्त्री’ लाई शालीन, भद्र शिक्षासेवीरुपमा स्मरण गरिएको छ । बिहीबार उनको १०८ औं जन्मजयन्ती अवसरमा आयोजित स्मृतिग्रन्थ लोकार्पण समाारेहमा उनको चर्चा गरिएको हो ।
स्मृतिग्रन्थ लोकार्पण गर्दै संस्कृतिविद् जगमान् गुरुङले मेहनति शिक्षासेवीरुपमा स्व. शर्मालाई स्मरण गर्दै उनीबाट आफूले अनुशासनको पाठ सिकेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति समेत रहेका गुरुङले शर्माको स्मृतिग्रन्थ प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै जीवको सृष्टि नेपालको दामोदरकुण्डबाट भएको दाबी गरे । गुरुङले नेपाली जनता सधैँ स्वाधीन रहेको चर्चा गर्दै भारतको अधीनस्त हुन नसक्ने पनि औंल्याए ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोनले असल शिक्षाकर्मीरुपमा शर्मालाई स्मरण गर्दै उनीले क्याम्पसको संस्थापक प्राध्यापक भई २ वर्ष सेवा गरेको जानकारी दिए । साहित्यकार तारा पाखेले स्नेहपूर्वक पठनपाठन गराउने व्यक्तित्वका रुपमा शर्मालाई सम्झिए । सुवेदी कल्याण प्रतिष्ठान नेपालका कुलाधिपति देवीप्रसाद सुवेदीले शिक्षाको उज्यालो छर्ने कार्यमा शर्माको योगदान महत्वपूर्ण रहेको बताए ।
शर्माका पूर्व विद्यार्थी विश्व सिग्देलले आर्थिक अभावबीच जीउन आफूलाई शर्माले सिकाएको सम्झिए । विद्यार्थी खड्गबहादुर रानाभाटले उनीबाट आफूले राष्ट्रियता, अनुशासन, लननशीलता र स्वाभलम्बनको पाठ सिकेको स्पष्ट पारे ।
स्मृतिग्रन्थ समीक्षा गर्दै सहप्राडा यमनाथ तिमिल्सिनाले ग्रन्थ सत्यतथ्यमा आधारित रहेको दाबी गर्दै ग्रन्थमा कतिपय सामग्री भने दोहोरिएको जनाए ।
देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान अध्यक्षसमेत रहेका शर्माका सुपुत्र डा. अनिल सुवेदीले ग्रन्थ प्रकाशनका सहयोगी सबैप्रति आभार जनाए । कार्यक्रमबीच स्व. शर्माको जीवनीसँग सम्बन्धित वृत्तचित्र पनि प्रदर्शन गरियो ।
त्यस अवसरमा प्रतिष्ठान उपाध्यक्ष अखिल सुवेदी, सचिव पशुपति सुवेदी, सदस्य मनिष सापकोटाले पनि शर्माको व्यक्तित्वमाथि चर्चा गरे ।
कास्कीकोट निवासी सदाशिवका सन्तान देवीरमणले पोखरास्थित राष्ट्रिय मावि, अमरसिंह मावि, पृथ्वीनारायण क्याम्पस लगायतका दर्जनौं संघसंस्थामा सेवा गरेका थिए । पोखरामा जलवायु मापनको सुरुआत गराउनसमेत उनको भूमिका छ ।
Related News
सम्बन्धित समाचार
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण
कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट
मोती जयन्तीमा गजल प्रशिक्षण
सहिदचोकमा अक्षरयात्रा
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०