पोखरा । पोखरा रंगशालाको पश्चिमतिर ५ हजार सिट संख्या छ । बुधबार त्यो क्षेत्र पूरै भरिभराउ थियो । अधिकांश नेवारी पोशाकमा सजिएका । उनीहरुको बाक्लो उपस्थिति हुनु स्वभाविक नै थियो । किनभने अष्टमी तिथिमा नेवार समुदायले मनाउने बाघजात्राको अन्तिम दिन थियो । रंगशालामा जात्राको समापन गर्ने निर्णय भएअनुसार बाघ मारेको हेर्न उनीहरु जम्मा भएका थिए ।
भदौ १८ गतेदेखि नगर परिक्रमा गर्दै पोखरा जात्राको टोली बुधबार करिब ५ बजेतिर रंगशाला आइपुग्यो । जात्रामा राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरु, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरु) र जनता लगायत अन्यपात्र थिए । केही समय औपचारिक कार्यक्रम भयो । ६ बजेतिर यमराजको प्रहशन सुरु भयो ।
प्रहशन सकिएलगत्तै बाघको पुन: खोजी सुरु भयो । खिन र झ्यालीको तालपछि बाघ देखा पर्यो । त्यो नजर राजाकोमा पर्यो । राजाले मन्त्रीलाई बाघ वध गर्ने अनुमति दिए । यो कुरा मन्त्रीले ढेकेग्वारा (जंगली सिकारी) लाई सुनाउँछन् । अनि बाजाको तालसँगै ढेकेग्वाराहरुले बाघलाई घेरीघेरी वध गर्छन् । हिंस्रक बाघ मरेपछि अबिरजात्रासँगै बाघजात्राबाट आगामी ५ वर्षसम्मका लागि समापन हुन्छ ।
पोखरामा यो जात्रा २३ वर्षपछि भएको हो । पछिल्लो समय २०५७ सालमा मोहरियाटोलमा यो जात्रा प्रदर्शन भएको थियो । त्यसपछि पोखरामा पुन: जात्रा देखाइएको बाघजात्रा आयोजक समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । ३ दिनसम्म मौसमले साथ दिएकाले भव्यरुपमा सम्पन्न भएको उनको दाबी छ ।
३ दिनसम्म देखाइएको बाघजात्राको अन्तिम दिन रंगशालामा सिन्दूरजात्रा
जात्राहरुको पनि जात्रा ‘बाघजात्रा’ जोगाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार पहिलो दिन १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, विन्ध्यवासिनी, बगर, नदीपुर, बालधाराचोक, नालामुखचोक हुँदै नेवा: छें पुगेको थियो । दोस्रो दिन नेवा छें हँुदै गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै नेवा: छेंमा पुगेर सकिएको थियो । अन्तिम दिन मुख्य समापन समारोहका लागि नेवा: छें हुँदै भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौंडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रंगशाला पुगेको हो ।
बाघजात्रा भव्य भए पनि केही कमजोरी र चुनौती रहेको आयोजक समिति सचिव सुनिल उलकले जानकारी दिए । ‘कार्यक्रम भव्यरुपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे,’ उनले भने, ‘२३ वर्षअघि जति उपस्थिति थियो, त्यति हुन सकेन । यसमा पोखरामा रहेका कतिपय संघसंस्थाहरुमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।’
अघिल्ला वर्षहरुमा नेवार समुदायमा मात्र सिमित यो जात्रा अहिलेदेखि अन्य समुदायले पनि सहभागिता जनाउनु राम्रो पक्ष भएको सचिव उलकले बताए । ‘हामी नेपालीहरुको संस्कृति एक अर्को जातिले अँगाल्न सक्नुपर्छ,’ उनले भने, ‘हामीलाई अहिले मुस्ताङी समुदाय, मगर समुदायले साथ दिनुभयो । अरुलाई पनि पत्राचार गरेका थियौं । उहाँहरुको आफ्नै समस्या रह्यो होला ।’ यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समूह) ले विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गरेको उनले सुनाए ।
धार्मिक किंवदन्तीअनुसार प्रहशनमा डमी बाघ मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिने जात्रा अन्त्य भएको सचिव उलकले बताए । ‘किंवदन्ती अनुसार हिंस्रक बाघलाई मारेर सुख दिने कथा छ । अहिले कानुनले बाघ संरक्षण गर्ने भनेको छ । तर, नरभक्क्षी बाघ मार्न पाउने भनेको छ,’ उनले भने, ‘प्रकृतिलाई फाइदा गर्ने बाघ नभई हिंस्रक बाघ मारेर देशमा हुने गरेको हिंसात्मक गतिविधि नियन्त्रण गनुपर्छ भन्ने हाम्रो सन्देश हो ।’ बाघजात्रालाई पोखरा महानगरपालिका, नेवा: खल कास्कीलगायतले सहयोग गरेको आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०