नेलम्बोद्वारा गौरीशंकरलाई पुस्तक सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८०
nelambos

पोखरा । नेलम्बो नेपालले गौरीशंकर बुहुमुखी क्याम्पसलाई मंगलबार पाठ्यपुस्तक सहयोग गरेको छ । नेलम्बोले कक्षा ११ र १२ एवं बिएड र बिबिएस्तर्फका विभिन्न विषयसँग सम्बन्धित पुस्तक उपलब्ध गराएको हो ।

कार्यक्रममा नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण तथा अनुसन्धानका क्षेत्रमा कार्य गरिरहेको बताए । उनले विश्वास गरेर सहकार्य गरेकोमा क्याम्पसप्रति आभार प्रकट गर्दै सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति आभार प्रकट गर्दै नेलम्बोले गरेका मानवीय सेवाका कार्यहरु महत्वपूर्ण रहेको स्मरण गरे । उनले पुस्तकको सदुपयोग हुने विश्वास दिलाउँदै विद्यार्थीलाई पुस्तकालयको अनुशासन पालना गर्न आग्रह गरे ।

क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले नेलम्बो तथा क्याम्पसबीच सुमधुर सम्बन्ध रहेको बताए । उनले क्याम्पसको खानेपानी समस्या, विद्यार्थी तथा प्राध्यापक कर्मचारीको मुख स्वास्थ्यको समस्था, विभिन्न छात्रवृत्ति साथै छात्रालाई सेनीटरी प्याडको समस्या समाधान गर्न नेलम्बोले महत्वपूर्ण सहयोग उपलब्ध गराएको स्मरण पनि गरे ।

क्याम्पस सञ्चालक समिति उपाध्यक्ष रमा त्रिपाठी तथा व्यवस्थापन विभाग प्रमुख मानबहादुर कार्कीले २ संस्थाबीच सुमधुर सम्बन्ध स्थापित हुँदै गएकोमा खुसी व्यक्त गर्दै नेलम्बोमा गतिविधिको प्रशंसा गरे ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width