दरौँखोला सामीप्य समाजको तीज शुभकामना

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८०
daraukhola

पोखरा । दरौँखोला सामीप्य समाज पोखराले तीज अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष बोधराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक दोवबहादुर कार्की, गाउँ संयोजक शमशेरबहादुर जिसी, दिदीबहिनी क्वालिटी सर्कल सदस्य सीता कार्की, विनिता रोका, सह–संयोजक मनजु कार्की, सल्लाहकार सूर्य रोका, संस्थापक अध्यक्ष शोभित खड्कालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा युथ सर्कल सदस्य अनुजा गौतमले कविता सुनाइन् । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष गंगाराम पौडेल र सञ्चालन नमबहादुर रोकाले गरेका थिए ।

स्याङ्जाको पुतलीबजार–१३, अर्जुनचौपारी–१ र भिरकोट–७ बाट पोखरा आई विभिन्न पेसा र व्यवसायमा आबद्ध दरौंखोलेहरुको साझा चौतारी दरौँखोला सामीप्य समाज हो ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width