सुशासन र सामाजिक रुपान्तरणबारे अन्तर्राष्ट्रिय कार्यशाला

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८०
sociological soiety (2)

पोखरा । नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कार्यशाला आइतबार कास्कीको लुम्लेमा सम्पन्न भएको छ । ३ दिने कार्याशालाको उद्घाटन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका थिए । ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ शीर्षकमा गरिएको कार्यक्रममा नेपालका वरिष्ठ समाजशास्त्री, भारत, चीन, बेलायत, जापान, नर्बे र अमेरिका लगायतका मुलुकबाट ५६ कार्यपत्र प्रस्तुत भएका थिए । धेरैजसो कार्यपत्र प्रत्यक्ष र केही कार्यपत्र अनलाइनमाध्यमबाट प्रस्तुत भएका थिए ।

नेपाली समाजको अध्ययन अनुसन्धान र विश्लेषणका साथै समाजशास्त्र विषये अभिबृृद्धि गर्ने हेतुले कार्यक्रम सञ्चान गरिएको हो । कार्यशालामा समाज विज्ञानका स्वदेशी तथा विदेशी बिद्वानबाट नेपालको २०४६ देखिको राजनीतिक परिर्वतन, आन्दोलन, जनयुद्ध तथा जनआन्दोलन र अन्य सामाजिक आन्दोलनको विकास प्रक्रियाबारे छलफल, विश्लेषण गरिएको यिथो ।

पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामीण विकास विभागसगको सहकार्य र गण्डकी विश्वविद्यालयको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रममा राज्य पुनर्र्संरचना र त्यसले पारेका प्रभावहरुबारेमा समेत छलफल भएको थियो । आयोजक संस्था नेपाल समाजशास्त्र संघका अध्यक्ष प्राडा गणेशमान गुरुङले समाजशास्त्रीहरुले आफ्नो सिप सोच र विद्वत्वलाई समाज विकास र समाजशास्त्रको उन्नतिमा लगाउनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width