२५ वर्षपछि अखण्ड हरिकीर्तन

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८०
temple photo

पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ५ स्थित शिवालय मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारी अखण्ड हरिकीर्तन गरिने भएको छ ।

धार्मिक सहिष्णुता कायम गरी धर्मप्रतिको आस्थालाई निरन्तर सम्मान गर्दै नागरिकमा धार्मिक संस्कारको प्रत्याभूति गराउने उद्देश्यले झोवाङस्थित उक्त मन्दिरमा आगामी बुधबार तथा बिहीबार हरिकीर्तन गर्न लागिएको हो । सो अवसरमा कीर्तनसहित सामूहिकरुपमा जप गरिने मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रमोदकुमार पौडेलले बताए ।

विगत २५ वर्षदेखि रोकिएको कीर्तनलाई यस वर्षदेखि निरन्तरता दिन लागिएको हो । जसमार्फत लोप हुन लागेको त्यस गाउँको संस्कृतिको जर्गेना हुनुका साथै गाउँको धार्मिक तथा सांस्कृतिक पहिचान बढ्ने विश्वास छ । कीर्तनले सामिप्यता बढाउन विशेष भूमिका खेल्ने अपेक्षा पनि रहेको सचिव निर्मलकुमार पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width