पोखरा । खानेपानी फोहोर भएकाले झाडापखाला लाग्छ । पानी जम्ने ठाउँ वरपर लामखुट्टेको बिगबिगी नै हुन्छ । बजारको फोहोर समयमै व्यवस्थापन नहुँदा उस्तै महामारी फैलिन्छ । अहिले मुलुकभर डेंगीको त्रास छ । घर परिसरका ससाना भाँडामा जम्मा भएको पानीकै कारण लामखुट्टे मौलाएर यो रोग फैंलदो छ । आखिर रोग नियन्त्रणको जिम्मा स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायको मात्रै हो त ? गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिमबहादुर खड्का भन्छन्, ‘सरोकारवाला पक्षहरू सचेत नभएसम्म स्वास्थ्यका निकायको मात्र जिम्मा हो भनेर लक्ष्यमा पुग्न कठिन छ ।
खानेपानी मन्त्रालयले शुद्ध पानी वितरण गर्नुपर्यो । स्थानीय तहले सरसफाइ गर्नुपर्यो । टोलविकास संस्था र स्थानीय बासिन्दाले आफ्नो घर र टोल सफा गर्नुपर्यो । अनि पो स्वास्थ्य समस्या देखिँदैन । सोमबार पोखरामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका प्रतिनिधिसँग डेंगु नियन्त्रणबारे गरेको अन्तक्र्रियामा यस्तै विषयमा चर्चा भयो । संघीय स्वास्थ्य मन्त्रालय मातहतको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. अनुप बास्तोला भन्छन्, ‘डेंगुलगायत महामारी नियन्त्रणका लागि अरुको मुख ताक्नुभन्दा पनि सरोकारवाला सबै कस्सिनु जरुरी छ ।’ लामखुट्टे मारेर भन्दा लार्भा र लामखुट्टेको बासस्थान नष्ट गर्नेु नै डेंगुबाट बच्ने उत्तम उपाय रहेको उनको भनाइ थियो । महामारी हुँदा अभियान चले पनि अरु बेला सुुनसान हुने भन्दै घर वरपरको सरसफाइमा जतिखेर पनि चनाखो हुनुपर्ने डा. बास्तोलाले बताए । अभियान सञ्चालन लगायत उपचारका लागि स्थानीय तहबाट माग भई आएअनुसारको बजेट पठाउन तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले स्वास्थ्य क्षेत्रमा राज्यले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिरहेको बताए । प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मा स्थानीय नेतृत्वलाई जिम्मेवार बनाउँदै स्कुले विद्यार्थीका माध्यमबाट सचेतना जगाउनुपर्ने बताए ।
रुपा, अन्नपूर्ण, मादी गाउँपालिकाका अध्यक्षहरू नवराज ओझा, विष्णुबहादुर केसी, देवीजंग गुरुङ, माछापुच्छ«ेका उपाध्यक्ष सीता अधिकारीले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफूहरू काम गर्दै आएको बताए ।
गाउँपालिकाभन्दा पोखरा महानगरमै डेंगुको आतंक भएकाले महानगरले त्यसैअनुसार काम गर्दै आएको वडाध्यक्ष राधिका शाही योगीले बताइन् । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सर्च एन्ड डिस्ट्रोय र सचेतना अभियान सञ्चालन गरिरहेको बताए । तर नियमित रुपमा काम गर्नका लागि रकम अभाव हुने उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
‘दोष संविधानको हैन, सरकारको’
गैराथर सिल्पा सडकको उद्घाटन
hero news full width
मुख्य समाचार
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०