पोखरा । महिला उद्यमी संघ कास्की अध्यक्षमा शारदा बराल निर्वाचित भएकी छन् । आइतबार पोखरामा भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष एलिना बराल, द्वितीय उपाध्यक्ष मीना प्रधान, सचिव बालकुमारी गुरुङ तथा कोषाध्यक्ष रुपा गुरुङ चयन भए । सदस्यहरूमा वसन्ती खत्री, जमुना पराजुली, श्रमिक जिसी र गीता योगी छनोट भए ।
कार्यक्रमको उद्घाटनमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले महिला उद्यमसँग नजोडिएसम्म समाज समृद्ध बन्न नसक्ने भएकाले महिलाको श्रमको उचित मूल्यांकन हुनुपर्ने बताइन् । बिहान ५ बजेदेखि राति १० बजेसम्म निरन्तर जिम्मेवारी बहन गर्ने महिलाको श्रमलाई कतिपय अवस्थामा अवमूल्यन गर्न खोजिनु दुखद् भएको भन्दै मन्त्री अर्यालले मातृशक्तिलाई सम्मान गर्न सके मात्रै पितृशक्ति अगाडि बढ्न सक्ने औंल्याइन् ।
मन्त्री अर्यालले घरको चुलो चौकोमा मात्रै सीमित नबन्न महिलाहरुलाई सुझाव दिँदै उत्पादनलाई भने विशिष्टीकृत गर्नुपर्ने बताइन् । उनले संविधानको अध्ययन गरी त्यसको मर्म बुझ्न पनि सहभागी महिलासमक्ष आग्रह गरिन् ।
महिला उद्यमी महासंघका अध्यक्ष निरु रायमाझीले कोभिडको महामारीसँगै उद्यम र व्यवसायी गर्ने तरिका फेरिएको भन्दै उत्पादनलाई अनलाइन माध्ययममार्फत बिक्री वितरण गर्न सक्नुपर्ने धारणा राखिन् । पोखरा पर्यटकीय सहर भएकाले यहाँ विभिन्न खालका हस्तकला सामग्रीको पर्याप्त बिक्रीवितरण गर्न सकिने उनको भनाइ छ ।
संस्थापक अध्यक्ष मीना गुरुङले उद्यमशीलतासँग रोजगारी जोडिने स्पष्ट पार्दै कोसेली घर निर्माणमा उद्योग वाणिज्य संघसँग सहकार्य गर्नुपर्ने जनाइन् ।
सल्लाहकार सीता गुरुङले उद्यमशीलतामार्फत् आर्थिक समृद्धिमा जोडिन सहभागीसमक्ष आग्रह गर्दै नेपालको जंगल तथा खेतबारीमा भएका कच्चा पदार्थको पहिचान हुन नसकेको बताइन् ।
कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय कास्की प्रमुख शेषकान्त पौडेल, पोखरा महानगरपालिका व्यापार प्रवद्र्धन प्रमुख नवराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, कास्की पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, निवर्तमान अध्यक्ष काशी गुरुङ, कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष दुर्गा बराल, संघका सदस्य निर्मला सुवेदी लगायतले धारणा राखे ।
कार्यक्रमबीच सफल महिला उद्यमीबाट लक्ष्मी पोखरेल तथा सफल महिला उद्यमी इकाइबाट पोखरा १६ लगायत विभिन्न सहयोगी संघ संस्था एवं व्यक्तिलाई नगदसहित सम्मान गरियो ।
अध्यक्ष पार्वती पौडेल रेग्मीले सबैको साथ सहयोगमा संस्था अगाडि बढेको चर्चा गर्दै एकतामा नै शक्ति हुने औंल्याइन् । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष प्रतिभा गैरेले स्वागत र द्वितीय उपाध्यक्ष सरु बरालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमबीच महिला उद्यमीद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शनसमेत गरियो ।
Related News
सम्बन्धित समाचार
धारापानी महिला सहकारीद्वारा सम्मान
महिला अधिकारबारे कानुनी सचेतना
टेवानको तीज सांस्कृतिक महोत्सव
रेडियो जननीको तीज गीतमा खहरे आमा समूह प्रथम
महिला उद्यमी संघ कास्की प्रथम
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०