पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए) को आयोजनामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीका लागि सेवाकालीन तालिम आइतबार सुरु भएको छ । प्रतिष्ठानले यसअघि पनि तालिम सञ्चालन गर्दै आए पनि यसपालि भने ठूलो संख्यामा कर्मचारीलाई एकैपटक तालिम दिन लागेको हो । सहायक र अधिकृतस्तरका गरी १ सय २० जना कर्मचारीका लागि ३० कार्यदिनको तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे । उनले सरकारको नेतृत्वमा को आउँछ, को जान्छ भन्ने विषय कर्मचारीका लागि गौंण भएको बताए । उनले पेसागत जिम्मेवारी र नागरिकप्रतिको उत्तरदायित्व वहनमा ध्यान केन्द्रित गर्न सुझाव दिए । कर्मचारीले दिने सेवा प्रवाहबाट आम नागरिकले सरकारको मूल्यांकन गर्ने भएकाले आफ्नो दक्षता, क्षमता बढाउन, छिटो छरितो सेवा दिने गरी तालिमको सदुपयोग गर्न सहभागी कर्मचारीहरुलाई मुख्यमन्त्री पाण्डेले निर्देशन दिए ।
सरकारी सेवाप्रति सर्वसाधारणको निराशा र गुनासोलाई विश्वास र आशा जगाउन राजनीतिक दल, सरकार, कर्मचारीको ठूलो भूमिका रहेको बताउँदै मुख्यमन्त्रीले सबैले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले कर्मचारी प्रशासन जनमैत्री हुनुपर्ने भन्दै सेवाकालीन तालिम फलदायी हुने अपेक्षा गरे । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले कर्मचारीतन्त्र समय सापेक्ष हुँदै जानुपर्नेमा जोड दिए ।
प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले कर्मचारीहरुले यस तालिमलाई बढुवाको अवसरका लागि मात्र नभए कार्यदक्षता तथा क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण छ भन्नेमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायक र अधिकृतस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए ।
कर्मचारीको ज्येष्ठता, प्रदेश र स्थानीय तहमा समायोजन भएको मिति लगायत विषयलाई आधार मानी तयार पारिएको मापदण्ड अनुसार कर्मचारी छनोट गरिएको उनको भनाइ छ । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ ।
तालिममा सहायकस्तरका ३० र अधिकृतस्तरका ९० कर्मचारी सहभागी छन् । सहायकस्तरका कर्मचारी संघीय कार्यालयका समेत रहेका र अधिकृतस्तरका भने प्रदेश र स्थानीय तहका मात्रै छन् । तालिमका लागि ५ सय ६२ जनाको आवदेन परेको थियो । प्रतिष्ठानले समयक्रमसँगै आफ्नो क्षमता समेत बढाउँदै लगेको भन्दै कार्यकारी निर्देशक पाण्डेले एकै दिनमा ४ समूहमा तालिम सञ्चालनका लागि दैनिक १६ जना प्रशिक्षक आवश्यक पर्ने बताए । उनले भने, सुविधासम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको छ, प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने हाम्रो प्रतिबद्धता छ ।’
कार्य सम्पादनमा आधारित प्रशिक्षण, समस्या केन्द्रित अनुसन्धान, सवाल केन्द्रित संवाद र ज्ञान व्यवस्थापन लगायतका काम प्रतिष्ठानले गर्दै आएको छ । प्रतिष्ठानले वर्षभरिमा प्रदेश र स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिका लागि लामो र छोटो अवधिका गरी १ सय १६ वटा तालिम सञ्चालन गरेको छ । जसबाट ४ हजार २ सय ७ जना लाभान्वित भएको कार्यकारी निर्देशक पाण्डेले जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१