स्वास्थ्यकर्मी संघको अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०८०
health worker

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाइ समिति आयोजनामा असल श्रम समन्वय र श्रमिकका चुनौती विषयक अन्तर्क्रिया भएको छ ।

कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा ईश्वर शर्मा कँडेल, वरिष्ठ बालरोग विशेषज्ञ सह–प्राध्यापक डा. शंकर पौडेल र संगठन व्यवस्थापन एवं परिचालन प्रमुख हरिबहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए ।

कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाइ समिति अध्यक्ष दीपक कार्कीले श्रमिकका समस्या समाधान गर्न युनियन सधैँ तत्पर रहेको बताए ।

कोषाध्याक्ष अमृत पौडेलले युनियनको वित्तीय विवरणबारे प्रकाश पारेका थिए । कार्यक्रममा युनियनमा विशेष योगदान गरेकोमा डा. बुद्धिबहादुर थापा, किशान परियार र सूर्यबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

याङ्जाकोटमा सम्पन्न भएको अन्तक्र्रियामा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल कलेजको टोलीलाई मादी ३ का जनप्रतिनिधि दीपा गुरूङ र छापा आमा समूहबाट स्वागत गरिएको थियो ।

नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाइ समिति अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार महेन्द्रराज कोइराला र सञ्चालन सचिव राजन पोख्रेलले गरेका थिए ।a

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width