पोखरा । गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन गरिने ‘अक्षरयात्रा’ को २०२ औं संस्करण सम्पन्न भएको छ । सम्पन्न भएको छ । पोखराको सहिदचोकमा अवस्थित सहिदपार्कमा सम्पन्न भएको सो कार्यक्रममा लक्ष्मण थापा, सुरज उपाध्याय, सञ्जीव पौडेल, प्राञ्जल, लाल कार्की ‘अञ्जान’, श्रीराम अधिकारी ‘गोर्जे’, रामजीप्रसाद आचार्य, माधव खतिवडा, विष्णु सुवेदी, लक्ष्मी देवकोटा, ढाकामोहन बराल, भावना रानाभाट, सङ्केत आचार्यलगायतले विभिन्न रचना वाचन गरेका थिए । अधिकांश रचनाहरू सहिदको सम्झना, उनीहरूको बलिदानी एवं समसामयिक विषयमा केन्द्रित थिए ।
‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नाराका साथ सञ्चालित अक्षरयात्रा वि.सं. २०६२ सालदेखि निरन्तर रूपमा सञ्चालित छ । गजल सन्ध्या पोखरा, नेपालका उपाध्यक्ष सुरज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संस्थाका सदस्य माधव खतिवडाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अनेसास गण्डकीमा देवेन्द्र
दीपक समीप पुरस्कृत
परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान
प्राध्यापकहरुका अनुभव पुस्तकमा
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१