लेकसाइडका घर मालिकको चिन्ता, अभिलेखीकरणले नक्सा पास सरहको सुविधा पाउँछ ?

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०८०
Ward News

पोखरा । पोखरा वडा ६ का वासिन्दाले महानगर प्रमुख धनराज आचार्यलाई पाँचबुँदे ज्ञापनपत्र बुझाएका छन् । भवनको अभिलेखीकरण गर्दा महानगरले नक्सा पाससरहको मान्यता दिन्छ कि दिंदैन भन्ने जिज्ञासा राख्दै वडावासीको तर्फबाट वडाध्यक्ष विष्णुबहादुर भट्टराईको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाइएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

वडाध्यक्ष भट्टराईसहित विभिन्न दलका प्रतिनिधि, होटल संघ र नागरिक समाजसहितका वडावासीको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भवन अभिलेखिकरणका विषयमा मुख्य ३ जिज्ञासा राखिएको छ । जसमा पहिलो हो, महानगर पालिकाले अभिलेखीकरणको मात्र प्रमाणपत्र दिन्छ कि सम्पन्नताको पनि प्रमाणपत्र ?

दोस्रो हो, यस्तो प्रमाणपत्रलाई अन्य सबै निकायहरु खास गरी धितो मूल्यांकनकर्ता संस्थाहरु र बैंक वित्तीय संस्थाले सम्पनता प्रमाण पत्रसरह मान्यता दिन्छन् कि दिँदैनन् ? र, तेस्रो हो, अभिलेखिकरण गर्दा लाग्ने तीन गुना राजस्वलाई कुनै समितिको सिफारिस वा कुनै तरिकाबाट घटाउन सकिन्छ कि ?

उनीहरुले तीसौं वर्षदेखि पोखरामा स्वीकृत भवन निर्माण नक्साको उचाइ एक थरी तर निर्माण भएको भवन अर्कै थरी हुने गरेको तर जिम्मेवार निकायबाट समयसापेक्ष उचाइको मापदण्ड परिवर्तन नगरेको अवस्था पनि स्मरण गराएका छन् । यस वर्ष ७ प्रतिशत बहाल कर लगाउँदा मर्का पर्न गएको वडावासीले गुनासो गरेका छन् । फिस्टेल गेटदेखि खहरेचोकसम्म समान बहाल दर अनुमान गरी वर्ग फिटको आधारमा कर लगाउँदा जनतालाई मर्का पर्न गएको कुरा पनि ज्ञापनपत्रमा उल्लेख छ ।

केही कन्सल्टेन्सीको फाइदाका लागि उनीहरुकै दबाबमा विभिन्न तहका होटल, लज, रेस्टुराँ बारले पर्यटक स्तरमा दर्ता तथा नवीकरण गर्न विगतमा हुँदै नभएको वातावणीय अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान लागु गरिएको भन्दै गुनासो गरिएको छ । प्रदेश सरकारबाट इजाजतप्राप्त हुने होटल, लज, रेस्टुराँ बारले संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरण परीक्षण मूल्यांकन पेस गर्नुपर्ने प्रावधान राखिएको छ । यो लागु भए पोखरामा भएकामध्ये ९० प्रतिशत व्यवसायको नवीकरण हुन नसक्ने अवस्था रहेको होटल संघ अध्यक्ष सुवेदीले बताए ।

घरजग्गाको वास्तविक मूल्य घटिरहेको र चरम मन्दी अवस्थामा पनि प्रदेश सरकारले जमिनको सरकारी मूल्यांकनमा भारी वृद्धि गरेपछि परेको प्रभाव न्यूनीकरण गर्न तथा अंशबन्डा तथा नामसारी दस्तुर शुल्क घटाउन महानगरसँग अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • सामुदायिक बगरमा दोहारिए राम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११…
  • उद्घोषण एवं माहुरीपालन तालिम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । लेखनाथ उद्योग…
  • जनता सहकारीको साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…

hero news full width