छब्बिस कुरिया फोटो प्रदर्शनी तयारी

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८०
photo

पोखरा । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा पोखरामा भदौ १६ गते ऐतिहासिक छब्बिस कुरिया फोटोकथा प्रदर्शनी हुुने भएको छ । २७२ वर्ष अगाडि काठमाडौं उपत्यकाबाट छब्बिस कुरिया क्षेत्रमा एकतृत भइ पोखरा बजार बसाल्न मुख्य भूमिका खेलेका थिए ।

रानीपौवास्थित भगवती दलगण परिसरमा छब्बिस कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए ।

पोखराका ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको उनको भनाइ छ । तत्कालीन इतिहासको कल्पना गरेर आयुुष श्रेष्ठले तयार पारेका २० वटा फोटाकथा प्रदर्शनीमा राखिने छ ।

१८ औं शताब्दी सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी छब्बिस कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौँका नेवारहरू ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ । त्यही २६ कुरियाअन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् ।

तत्कालीन समयमा ल्याइएका नेवार विशेषत: व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब १ सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।

छब्बिस कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको पाइन्छ । काठमाडौं उपत्यकाको तुलनामा सीमित मात्रामा हुने पर्व र जात्रा पनि पोखरामा छब्बीस कुरिया क्षेत्रमा नै केन्द्रित भएको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width