लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा एसोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भएका छन् । संघको १४ औं महाधिवेशनअन्तर्गत उनलाई निर्वाचन समितिले मंगलबार निर्विरोध घोषणा गरेको हो ।
गत शनिबार भएको उमेदवारी दर्ताको कार्यतालिकामा सुवेदीको मात्र उम्मेदवारी परेको थियो । मंगलबार अन्तिम नामावली प्रकाशन समय रहेकाले उनीविरुद्ध कुनै दाबी विरोध नपरेपछि निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले सुवेदीलाई निविरोध निर्वाचित गरेका हुन् ।
एसोसिएट सदस्यतर्फ संघमा ५० जना सदस्य छन् । निर्वाचित सुवेदी गोल्डेन नेचर बोडिङ स्कुल प्रालिबाट प्रतिनिधित्व गरेका थिए । उनी सामाजिकरुपमा हाम्रो गौरव सहकारी र प्याब्सन कास्कीको अध्यक्ष भइसकेका छन् ।
निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमितिअन्तर्गत राजनीतिक आस्थाका आधारमा स्पष्टरुपमा २ समूह खडा भएका छन् । यसपटक पनि संस्थापन पक्ष र संस्थापनइतर गरी २ समूह चुनावी मैदानमा उत्रिएका हुन् ।
यता, संस्थापन पक्षको प्रतिनिधित्व गर्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले अध्यक्षसहित आफ्नो टिम खडा गरेका छन् ।
संघमा कार्यसमिति सदस्य हुँदै महासचिव भैसकेका भरतकुमार अधिकारीले अर्को टिम चुनावी मैदानमा छ ।
संघको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशन यही भदौ २२ र २३ मा हुनेछ । पहिलो दिन सभा र दोस्रो दिन मतदान प्रक्रिया हुनेछ ।
गत शनिबार अध्यक्षसहित ७ पदाधिकारी, ८ खुला सदस्य, २ महिला सदस्य, १–१ जना संस्थागत र एसोसिएट सदस्य गरी १९ पदका लागि ३७ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेल, प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु), द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी, उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला), कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) र पुष्पमणि भट्टराईले प्रतिस्पर्धा गरेका छन् ।
यस्तै, संघको २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जारा तथा संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन् ।
कुल ८ कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने (इ.), बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भूर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटा उम्मेदवार छन् ।
संघमा १ हजार ८ सय ६६ सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
सामुदायिक बगरमा दोहारिए राम
उद्घोषण एवं माहुरीपालन तालिम
जनता सहकारीको साधारणसभा
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१