समाजवादी मोर्चाले १५ गते पोखरामा सन्देशसभा गर्ने   

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०८०
samajbadi

पोखरा ।  समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने जनाइएको छ ।

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुने जानकारी दिए  ।

“प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उनले भने, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।”   रासस

Related News

सम्बन्धित समाचार

  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…
  • मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…

hero news full width