पोखरा। सहारा क्लब पोखराको आयोजनामा २२ औं आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार बचत भएको छ । पोखरा रंगशालामा गत वर्ष १४ देखि २३ पुषसम्म भएको प्रतियोगिताबाट ९४ लाख ६५ हजार आम्दानी भएकोमा खर्च कटाइ उक्त रकम बचत भएको आयोजकले मंगलबार पत्रकार सम्मेलनमा आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले बताए
मुख्य प्रायोजक रहेको हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको थियो भने प्रवद्र्धक पोखरा महानगरपालिकाले १० लाख दिएको थियो ।
यस्तै, मुख्य प्रायोजकबाट एक लाख बराबरको रारा तयारी चाउचाउ दर्शकलाई वितरण गरिएको थियो । प्रतियोगिता आयोजना खर्चमा ८ लाख ६३ हजार, प्रचारप्रसारमा ५ लाख २९ हजार, मसलन्द तथा छपाईमा १ लाख ९१ हजार, गेट मञ्च व्यवस्थापनमा २ लाख, आयोटक टिम तयारीमा ४ लाख ५६, प्रोत्साहन खर्चमा १९ लाख, खेलाडीको दैनिक भ्रमणमा ३० लाख, खेल मैदान व्यवस्थापनमा १ लाख ७१ हजार, अतिथि सत्कारमा १ लाख ८४ हजार खर्च भएको जनाइएको छ।
१० टिमले भाग लिएको प्रतियोगितामा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता भएको थियो ।
क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, वरिष्ठ उपाध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी लगायतले प्रतियोगितालाई अझै व्यवस्थित गर्दै लैजाने बताए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१