डेंगु र आँखा पाक्ने रोगविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०८०
Nagarik newsss

लेखनाथ । नागरिक परोपकार समन्वय संस्था कास्की तथा पोखरा ३० ले डेंगु रोग र आँखा पाक्ने रोगविरुद्ध चेतनामूलक कार्यक्रम गरेको छ । लेखनाथ क्षेत्रमा डेंगु र आँखा पाक्ने रोगविरुद्ध स्थानीय बासिन्दालाई सचेतना जगाउन तालचोक, शिशुवा, बेगनासताल, खुदी, पावरहाउस, तल्लो गगनगौंडालगायत स्थानमा २ दिनसम्म चेतनामूलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका लागि आवश्यक स्वास्थ्य सामग्री र प्राविधिक शिशुवा अस्पताल, शिशुवा आयुर्वेद औषधालय, संक्रामक तथा सरुवा रोग अस्पताल मोहोरियाले व्यवस्थापन गरेको थियो ।

पोखरा ३० का अध्यक्ष तथा सदस्यहरु, नागरिक परोपकार समन्वय संस्था कास्कीका अध्यक्ष, उपाध्यक्ष लगायत सदस्यहरू, टोल विकास सुधार समिति, महिला स्वास्थ्य स्वयं सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, वुद्धिजीवी लगायतलाई परिचालन गरी डेंगु रोग र आँखा पाक्ने रोगविरुद्ध अभिमुखीकरण गरिएको संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा ।  सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान बसेको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ। यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा…
  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • ‘दोष संविधानको हैन, सरकारको’

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । लामो रस्साकस्सीपछि संविधानसभाबाट संविधान बन्यो । संविधान कार्यान्वयन भएको पनि ८ वर्ष पूरा भयो । नागरिकका हक सुरक्षित…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…

hero news full width