यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । पोखरा १३ आर्वामा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट १ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन् । नागेश्वर महादेव मन्दिर विकास समितिको आयोजना र अन्नपूर्ण आयुर्वेदिक क्लिनिक पोखरा १२ शीतलादेवीको प्राविधिक सहयोगमा आर्वा मणिदीप स्थित नागेश्वर मन्दिर परिसरमा शिवर सञ्चालन गरिएको हो ।
शिविरमा पाइल्स, फिस्टुला, कब्जियत, मधुमेह ,थाइराइड, पेसर, युरिक एसिड, ग्यास्टिक, प्रसुति लगायतको जाँच गरिएको डा.ज्योती ठाकुरले बताइन् । उनले बिरामीको उपचारसहित निशुल्क औषधी पनि प्रदान गरेको र कतिपय जटिल समस्या भएकालाई अस्पतालमै उपचार गराउनपर्ने भएको बताइन् । डा.ठाकुरसहित शिविरमा अमीत न्यौपाने, सम्झना मझकोटी, अमृत आचार्य उपचारमा खटिएका थिए ।
नागेश्वर महादेव मन्दिर विकास समिति सचिव एव. स्वास्थ्य शिविर संयोजक शिवराज बरालले धार्मिक गतिविधिबाहेक गाउँठाउँमा अझै पनि स्वास्थ्य उपाचारबारे मानिसहरू सचेत नहुने भएकाले सामाजिक उतरदायित्वअन्तर्गत गाउँमै विशेषज्ञ डाक्टर बोलाएर निशुल्क शिविर सञ्चालन गरेको बताए ।
समितिका अध्यक्ष विष्णुप्रसाद बरालले कुनै औपचारिक कार्यक्रम नगरी नितान्त स्वास्थ्य उपचारलाई मध्यनजर गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।
आर्वा मणिदीपमा रहेको महाप्रभुधामसहित नागेश्वर शिव मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको स्थल भएकाले यसको विकासमा सबै पक्षबीच समन्वय गरी अघि बढ्ने योजना बनाइएको उनले बताए ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
‘दोष संविधानको हैन, सरकारको’
गैराथर सिल्पा सडकको उद्घाटन
hero news full width
मुख्य समाचार
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०