पोखरा । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका ३ सय ११ जना विरुद्ध अभियोगपत्र दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको हो । तीमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।
पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्व सचिवहरुलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सीआईबीको अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्दै अभियोपत्र दायर गरेको हो । अभियोगपत्रसँगै १८ जना थुनुवा पेस गरिएको छ । सरकारी वकिलको कार्यालयले सीआईबीले सिफारिस गरेका थप केहीलाई प्रतिवादी बनाएको छ भने केहीलाई प्रतिवादी नबनाउने निर्णय गरेको छ ।
अभियोगपत्रमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादु गुरुङ, शोभकान्त ढकाल र रामकुमार सुवेदीलाई मुख्य अभियुक्त दाबी गरिएको छ । अदालती बयानपछि जिल्ला अदालतले उनीहरुको थुनछेक बहस गर्ने छ ।
यसअघि सिआईबीले जग्गा प्रकरणमा कीर्ते गर्ने निर्णयमै बहालवाला सचिव राउतको संलग्नता नखुलेको भन्दै अभियुक्त बनाउन आवश्यक नहुने राय दिएकोमा सरकारी वकिलको कार्यालयले भने उनलाई पनि प्रतिवादी बनाएको छ । सुरुमा अनुसन्धानका लागि पक्राउ परेका सचिव सर्वोच्चको आदेशपछि धरौटीमा रिहा भएका छन् । अब उनी पुर्पक्षको बहसले तारेखमा नछुटेसम्म निलम्बित हुनेछन् ।
थुनामा रहेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहलाई उन्मुक्ति दिएको छ । जग्गा कीर्ते हुँदा मालपोत कार्यालय भक्तपुरमा कार्यरत रहेका शाहले उक्त जग्गा व्यक्तिको बनाउने कार्यमा माथिल्लो तहको सेटिङ गर्दै त्यसवापत जग्गा प्राप्त गरेको र उक्त जग्गा श्रीमतीको नाममा हालैको वकसपत्र गरेर पास गरी लिएका थिए । सीआईबीले उनलाई यही आधारमा अनुसन्धानका लागि पक्राउ गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालयले भने शाहको हस्ताक्षर नभएको र जग्गा पनि उनको श्रीमतीको नाममा रहेको भन्दै उन्मुक्ति दिएको छ । पूर्वनिर्वाचन आयुक्त शाहसहित २० आरोपीलाई सिआईबीले ५७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
यसैबीच, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याइ दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सो कुरा बताएका हुन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको बताए ।
सरकारले सुशासन, सम्वृद्धि र सामाजिक न्यायलाई केन्द्रीत गरी काम अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रीत रहेको बताए ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१