पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । संघको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशनअन्तर्गत १९ पदका लागि ३७ जनाले शनिबार मनोनयन दर्ता गरेका हुन् । संघको चुनाव भदौ २३ मा हुनेछ ।
निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले शनिबार बिहान ११ देखि ३ बजेसम्म मनोनयन दर्तामा अध्यक्षसहित ७ पदाधिकारी, ८ खुला सदस्य, २ महिला सदस्य, १/१ जना संस्थागत र एसोसिएट सदस्य गरी १९ पदमा ३७ जनाले उम्मेदवारी दर्ता गरेको बताए ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेल, प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु), द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी, उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला), कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) र पुष्पमणि भट्टराईले उम्मेदवारी दिएका छन् ।
यस्तै, संघको २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले मनोनयन दिए । एसोसिएट सदस्यतर्फ प्रेमप्रसाद शर्माको मात्र मनोनयन परेकाले उनी निर्विरोध भएका छन् । संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन् ।
८ खुला सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने (इ.), बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भूर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाले उम्मेदवारी दिए ।
संघमा १ हजार ८ सय ६६ सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१